कक्षा ५ का विद्यार्थीले आफै पढ्ने विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएपछि...

Posted on: 30 May, 2022

जेठ १६, फ्लोरिडा | एजेन्सी | अमेरिकाको फ्लोरिडा राज्यमा कक्षा ५ मा अध्ययनरत  एक जना विद्यार्थीलाई आफ्नो विद्यालयमा सामूहिक गोली हान्ने  धम्की दिएको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार १० वर्षीया ती विद्यार्थीले अर्का विद्यार्थीलाई विद्यालयमा गोली हानेर मार्ने धम्कीसहित म्यासेज पठाएका थिए ।

ती विद्यार्थी केप कोरलको पैट्रियट इलिमेन्टरी स्कूलमा पढ्छन् । उमेरका कारण उनको नाम खुलाइएको छैन् । उनलाई युवा सेवा अपराध अनुसन्धान महाशाखाले सोधपुछ गरिरहेको छ । सीबीएस १२ सँग कुरा गर्दै सेरिफ कार्मिन मार्सेनोले भने, ‘अहिले नै अपराधीलाई जस्तो व्यवहार गर्ने समय भइसकेको छैन् । यो हास्यास्पद छैन् । यो विद्यार्थीले नक्कली धम्की दियो र अब उसले वास्तविक परिणाम भोगिरहेको छ ।’

Don't come to school tomorrow': 14-year-old student brings gun to Poinciana  campus after threat, deputies say

ली काउन्टी सेरिफको कार्यालयले पोष्ट गरेको एउटा भिडियोमा ती विद्यार्थीलाई हथकडी लगाएर शनिबार पक्राउ गरेपछि उनी प्रहरीको गाडीतर्फ हिंडिरहेको देखाइएको छ । ‘विद्यार्थीको व्यवहार पीडादायी छ । विशेषगरी टेक्सासको उभाल्देमा हालैको त्रासदीपछि हाम्रा बच्चाहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु सर्वोपरि छ’, सेरिफ कार्मिन मार्सोनेले एक विज्ञप्तिमा भने ।

एक साताअघि उभाल्देमा भएको नरसंहारपछि सेरिफको कार्यलयले पछिल्लाे धम्कीलाई गम्भीर रुपमा लिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!