२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी संसदकी सभामुख पेलोसीका पति पक्राउपछि रिहा

२०७९, १६ जेष्ठ सोमबार ०८:२६

जेठ १६, न्युयोर्क | अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसी पक्राउ परेका छन् । मदिरा पिएर  गाडी चलाएको आरोपमा उनी पक्राउ परेको नापा काउन्टी क्रिमिनल जस्टिस नेटवर्कको पब्लिक बुकिङ रिपोर्टमा उल्लेख छ । 

पाउल नापा काउन्टीबाट शनिबार मध्यरातमा पक्राउ परेका हुन् । केही घन्टापछि उनलाई जेल चलान गरिएको थियो । उनलाई दुईवटा मुद्दामा जेल पठाइएको थियो । उनको रगतमा शून्य दशमलब शून्य ८ प्रतिशत अल्कोहल भेटिएको थियो ।


पब्लिक बुकिङ रिपोर्टका अनुसार पाउल पेलोसी पाँच हजार डलरमा जमानतमा आइतबार बिहान रिहा भएका थिए । पाउलका विषयमा सभामुख पेलोसीले कुनै टिप्पणी गरेकी छैनन् । पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलको विज्ञप्तिमा भनिएको छ, ‘पाउल पूर्वी तटमा हुँदा भएको यो निजी मामिलामा सभामुखले टिप्पणी गर्ने छैनन् ।’

सान फ्रान्सिस्को निवासी ८२ वर्षीय पाउल पेलोसीले सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका छन् । उनीहरूका तर्फबाट पाँच सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से