२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्ड हुन सक्छ’

२०७९, १७ जेष्ठ मंगलवार ०४:३९

जेठ १७, किभ | युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मस्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् । 

‘उनीहरूको बारेमा अदालतले फैसला गर्नेछ’, पूर्वी युक्रेनको स्वघोषित दोनेत्स्क  जनवादी गणतन्त्रका न्यायमन्त्री युरी सिरोवात्कोको भनाई उद्धृत गर्दै आरआईए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ । 

‘यस्ता अपराधका लागि दोनेत्स्क जनगणतन्त्र (डीएनआर) मा हामीसँग ठूलो सजाय छ –त्यो हो मृत्युदण्ड’, उनले अगाडि भने । सबै युद्धबन्दीहरू डीएनआरको इलाकामा छन् ।  उनीहरूमध्ये अजोभस्टलमा लगभग २३ हजार सैनिकहरू थिए ।

रणनीतिक महत्वको मारिओपोलको अजोभस्टल स्टिल कारखानामा हप्तौंदेखि बन्दी बनाइएका सयौँ युक्रेनी सेनाले यसै महिना रुसी सेनासँग आत्मसमर्पण गरेका थिए । 

युक्रेनले रुसीसेनासँग बन्दी आदानप्रदान गर्न माग गरेको छ । तर, मस्कोले उनीहरूलाई मुद्दा लगाउने संकेत गरेको छ । आत्मसमर्पण गर्नेहरूमा युक्रेनको सेनामा मर्ज भएको पूर्व अर्धसैनिक युनिटका सदस्य पनि छन् । सो युनिटलाई रुसले ‘नव नाजी संगठन’ को रूपमा चित्रण गर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से