५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारका ५ देश जहाँ एउटा पनि विमानस्थल छैन

१७ जेष्ठ २०७९, मंगलवार ०५:१२

जेठ १७, काठमाडौँ | एजेन्सी | अहिले संसारका सबैजसो देशले निकै प्रगति गरिसकेका छन् । मानिसको जीवनशैली निकै आधुनिक बनिसकेको छ । विश्वमा मानिसहरुको आवागमन बढ्दै जाँदा विमानस्थल तथा आकाशमा उड्ने विमानहरुको संख्या पनि बढिरहेको छ । तर यस्तो बेला दुनियाँमा केही यस्ता देश पनि छन् जहाँ एउटा पनि विमानस्थल छैन ।


मुलुकमा एउटा पनि विमानस्थल नभएका विश्वका ५ देश यी हुन् :

एन्डोरा : ४६८ वर्ग किलोमिटरमा फैलिएको एन्डोरामा एउटा पनि एयरपोर्ट छैन । तर यहाँ तीनवटा निजी हेलिपोर्टहरु छन् । एउटा हेलिपोर्ट अस्पतालको हो । जनसंख्या र क्षेत्रफलको हिसाबले एन्डोरा विमानस्थल नभएको सबैभन्दा ठूलो देश हो । यहाँका मानिसहरु बस र ट्रेनबाट यात्रा गर्दछन् । यहाँबाट हवाई जहाज चढ्न १२ किलोमिटर टाढा स्पेनको एन्डोरा–ला सेउ डि’उर्गेल एयरपोर्टमा पुग्नुपर्छ ।

मोनाको : पश्चिमी युरोपमा अवस्थित क्षेत्रफलको हिसाबले विश्वकै दोस्रो सानो देश हो मोनाको । फ्रान्स र इटालीको बीचमा रहेको यो देश निकै धनी छ, तर यहाँ हालसम्म एउटा पनि विमानस्थल छैन ।

भ्याटिकन सिटी : विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर मात्रै छ । यति थोरै क्षेत्रफल भएको यो मुलुक इटालीको बीचमा छ । क्षेत्रफलको अभावमा यहाँ कुनै पनि एयरपोर्ट छैन र मानिसहरु भ्याटिकन सिटी जानका लागि सबैभन्दा नजिकको एयरपोर्ट इटालीको रोम हो ।

सान मारिनो : संसारमा एयरपोर्ट नभएका मुलुकको सूचिमा पाँचौं सानो देश सान मारिनो पनि पर्दछ । यहाँका मानिसहरुका लागि नजिकको एयरपोर्ट भनेको इटलीको रिमिनी हो ।

लिचेस्टाइन : अष्ट्रिया र जर्मनीको बीचमा रहेको लिचेस्टाइन पनि एउटा निकै सानो तथा दोहोरो भूपरिवेष्ठित देश हो । यो देशभित्र कुनै पनि एयरपोर्ट छैन । सबैभन्दा नजिकको एयरपोर्टमा जानका लागि स्विजरल्याण्ड जानुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता