४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले अब बेलायतमा हमला गर्नुपर्छ: पुटिननिकट टीभी पर्सनालिटी

१७ जेष्ठ २०७९, मंगलवार ०६:१८

जेठ १७, किभ | एजेन्सी | युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । 

दी इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे ।  रसिया–वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभ मा उनले रुसी हमला  स्टोनहेन्जभन्दा टाढासम्म पुग्नुपर्ने बताए । 

युक्रेनी राजनीतिक विश्लेषक भासिल भाकारोभकले रुस आक्रमणका लागि कति टाढा जान इच्छुक छ भनि सोधेको प्रश्नमा सोलोभियोभले भने, ‘ठीक छ, जब हामी चाहन्छौँ तब जान्छौँं ।’

‘हामी कहाँ रोकिने ? ठिक छ, मैले आज भनेको थिएँ । हुनसक्छ स्टोनहेन्ज । लिज ट्रस भन्छिन् कि उनी युद्ध लड्ने व्यक्ति हुन्’, सोलोभियोभलाई उद्धृत गर्दै  इन्डिपेन्डेन्टले अगाडि लेखेको छ । 

पुटिनले युक्रेनको राजधानी किभमा हमला गर्नुपर्ने पनि सोलोभियोभले बताए । बेलायतका विदेशमन्त्री लिज ट्रसले पुटिनसँग सम्झौता गर्न नचाहेको भन्दै रुसी सञ्चारमाध्यमले उनको आलोचना गर्दै आएका छन् ।

गत महिना जर्मनीमा आयोजित बैठकमा विदेशमन्त्री ट्रसले जी–७ र नेटो नेताहरूलाई पुटिनले ‘विश्व मञ्चमा आफूलाई अपमानित गरिरहेको’ आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा