३० वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश

Posted on: 31 May, 2022

जेठ १७, काठमाडौँ | चीनले आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा एकै पटक ३० वटा लडाकु विमान पठाएको ताइवानले जनाएको छ। चीनले जनवरीयता गरेको यो सबैभन्दा ठूलो घुसपैठ हो।

अमेरिकी अधिकारीले ताइवान भ्रमण गरेकै दिन चीनले उसको क्षेत्रमा विमान प्रवेश गराएको हो। केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरे सैन्य शक्ति लगाएर भए पनि सो टापुको बचाउ गर्ने बताएका थिए।


ताइवानको रक्षा मन्त्रालयले चीनले २२ वटा लडाकु विमान, विद्युतीय आक्रमण गर्ने विमान र पण्डुब्बी जहाजमा आक्रमण गर्ने विमान समेत पठाएको बताएको छ। 

तर, ती विमान ताइवानकै हवाई क्षेत्रमा भने प्रवेश नगरेको जनाइएको छ। सोमबार अमेरिकी सिनेटर ट्यामी डकवर्थ बिनाघोषणा ताइपेइ भ्रमणमा पुगेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!