२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

२०७९, १८ जेष्ठ बुधबार ०१:३२

जेठ १८, बेइजिङ | एजेन्सी | दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् ।

प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो । 

कोभिडका कारण केही संक्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो । तर, सरकारले खोप नलगाएका बृद्धबद्धाको मृत्यु भएको दाबी गरेको थियो । 

लामो समयदेखि लागेको प्रतिबन्ध हटेसँगै सर्वसाधारण र व्यवसायीहरु खुसी भएका छन् । त्यस्तै, प्रतिबन्ध हटाएकोमा सांघाइ सरकारले पनि सन्तोष व्यक्त गरेको छ । ‘यो त्यो दिन हो जसलाई हामीले धेरै लामो समयदेखि सपना देखेका थियौं’, सांघाइ सरकारका प्रवक्ता यिन जिनले पत्रकारहरूलाई भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से