अ‍ेमेरिकामा स्नातक समारोहमै गोली चल्यो, १ जनाको मृत्य

Posted on: 01 Jun, 2022

जेठ १८, न्युयोर्क | अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ ।  । 

गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए । गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!