भारतमा घट्यो एलपी ग्यासको मूल्य

Posted on: 01 Jun, 2022

जेठ १८, काठमाडौँ | एजेन्सी | भारतमा एलपी ग्यासको मूल्यमा गिरावट आएको छ ।

पेट्रोल र डिजेलको मूल्य घटाइएपछि भारत सरकारले एलपी ग्यासको मूल्य पनि घटाएको हो । 

इण्डियन आयल कर्पोरेसनले आज (बुधवार) जारी गरेको नयाँ मूल्यसूची अनुसार १९ किलोको एलपी ग्यासको कमर्शियल सिलिण्डरको मूल्यमा १३५ भारतीय रुपैयाँ सस्तो भएको छ । 


कमर्शियर सिलिण्डरको मूल्य घटेपछि अब दिल्लीमा २ हजार ३५४ भारतीय रुपैयाँ पर्ने एलपी ग्यास २ हजार २१९ भारतीय रुपैयाँमा पाइने भएको छ । 

गत १ मेमा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय रुपैयाँ वृद्धि गरिएको थियो ।

कम्पनीले घरेलु प्रयोजनका लागि भने एलपी ग्यासको मूल्यमा कुनै फेरबदल गरेको छैन । 

यसअघि भारतीय सरकारले जनतालाई महंगीको मार कम गर्न प्रति सिलिण्डर ग्यासमा २ सय रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!