२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानकै गतिमा उड्ने मोटरसाइकल तयार

२०७९, १२ आश्विन बुधबार ११:४४

असोज १२, काठमाडौं | स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे । आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ ।

मेमेन एयरोस्पेसका मालिक डेविड मेमेनले यो बाइकको नाम स्पिडर राखिएको बताए । उनले भने, ‘यो वास्तवमा एक एयर युटिलिटी भेइकल हो, अर्थात् यसको उपयोग विभिन्न तरिकाले गर्न सकिन्छ किनभने हेलिकोप्टर ठूला, जटिल, महँगो र पाइलट बिना उड्न सक्दैनन् । ड्रोन्सले कम तौल उठाउँछ, रेन्ज पनि छोटो हुन्छ, सुस्त गतिको हुन्छ । त्यसैले हाम्रो बाइक बहुउपयोगी हुनेछ । यसमा आठवटा जेट इन्जिन राखिएका छन् ।’


फ्युचरिजमको वेबसाइटका अनुसार स्पिडर असाध्यै शक्तिशाली छ । यसले हजार किलोमिटरसम्मको तौल उठाउन सक्छ । यसको गति ८०४ किलोमिटर प्रतिघण्टा हो । अर्थात्, लगभग कमर्सियल विमानको औसत विमान बराबर । यो एउटा निकै ठूलो मोटरसाइकलको आकारको हो । एकपटक उडान भरेपछि यो करिब ६४४ किलोमिटरसम्मको उडान भर्न सक्छ । यो आफैँ उड्न सक्छ, यसलाई पाइलटले पनि उडाउन सक्छन् वा रिमोटमार्फत् पनि उडाउन सकिन्छ ।


स्पिडर बाइक मोड्युलर हो । अर्थात् यसलाई तपाईं कार्गो भेइकलमा परिवर्तन गर्न सक्नुहुन्छ । यसमार्फत् क्रिटिकल कार्गो पठाउन सकिन्छ । जस्तै, ओयल रिगमा यदि यो छोटो यन्त्र खराब भयो भने करोडौँको क्षती हुनसक्छ । यस्तोमा स्पिडरमा राखिएको सामान राखेर त्यसलाई समुद्रमा भएको रिगसम्म पुर्‍याउन सकिन्छ । यसलाई जतासुकै उडाउन सकिन्छ । जंगल माथि, पहाडमा, समुद्र वा नदी माथि ।

यसको प्रयोग जंगलको आगो निभाउनका लागि उड्ने फायर फाइटरको रुपमा पनि गर्न सकिन्छ । यो कुनै अग्लो भवन वा जंगल नजिकै लागेको आगो निभाउन पनि मद्दत गर्न सक्छ । डिजास्टर रिकभरी अर्थात् यदि कोही नराम्रोसँग घाइते भएको छ वा बिरामी छ भने उसलाई तुरुन्त अस्पताल लैजानु परेमा यसमा बाँधेर अस्पताल पुर्याउन सकिन्छ किनभने यसले भर्टिकल टेकअप र ल्यान्डिङ गर्न सक्छ ।

 डेभिड मेमनले सन् २०१५ मा आफे जेटप्याक विकसित गरेका थिए । त्यसपछि उनी स्ट्याचु अफ लिबर्टी नजिकै उडेका थिए । त्यसपछि उनले उड्ने बाइक बनाउने अवधारणा विकसित गरे । सन् २०१८ मा उनले यो प्रोजेक्ट सुरु गरे । यो बाइकमा विमानमा राखिने इन्धनको प्रयोग गर्नुपर्नेछ अर्थात् एभियशन फ्युल । मेमन एयरोस्पेसले हाल अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनसँग परीक्षण उडानका लागि अनुमति मागिसकेको छ । यसले कहिले उडान भर्छ, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन