४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हप्तापछि पृथ्वीमा हुनेछन् ८०० करोड मानिस, कस्तो प्रभाव रहला ?

२३ कार्तिक २०७९, बुधबार १०:०७

कात्तिक २३, काठमाडौँ | हामीहरु अर्थात् मानिस । वैज्ञाािनक भाषामा भन्ने हो भने होमो स्यापियन्स । मानिस जनसंख्या वृद्धिमा विज्ञ छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो । तर ७०० बाट ८०० करोड पुग्न १२ वर्षमात्रै । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ सय करोड पार हुनेछ । संयुक्त राष्ट्रले यो विकासको श्रेय विज्ञान, प्रविधि, नयाँ परिवर्तन, लामो उमेर र स्वस्थ जीवनलाई दिइरहेको छ ।

मानिसको जनसंख्या वृद्धिको दर केही दशकमा खस्किरहेको छ । तर यति हुँदा हुँदै पनि सन् २०३७ सम्म हाम्रो जनसंख्या ९०० करोड र २०५८ सम्म १,००० करोड पुग्नेछ । यस्तो अनुमान UN DESA को वर्ल्ड पपुलेसन प्रसपेक्ट्स २०२२ को रिपोर्टमा लगाइएको छ । संयुक्त राष्ट्रको पपुलेसन फन्डकी प्रमुख नटालिया कानेमले यो  मानवीय इतिहासको कोसेढुङ्गा साबित हुने बताएकी छिन् किनभने अहिले आमा र बच्चाको मृत्यु कम हुने गर्छ ।


नटालिया भन्छिन्, ‘मलाई मानिसको बढ्दो जनसंख्यासँग कुनै डर छैन । डर यो कुराको छ कि यसले स्रोत साधनको खपत तीब्र रुपमा बढ्नेछ । यो कुराको चिन्ता सबै देशले गर्नुपर्छ । विशेषगरी ती देशले जहाँ प्रजनन दर बढि छ । धेरै मानिसहरु यस्ता कुरामा मतलब नै गर्दैनन् । रकफेलर युनिभर्सिटीको लेबोरेटरी अफ पपुलेसनका जोएल कोहेनले ‘के म धर्तीमा अतिरिक्त छु ?’ भनेर प्रश्न गरेका छन् । उृनले लेखेका छन्, ‘धर्तीले हामी मानिसको बोझ कसरी सहन्छ  । यसका दुई पक्ष छन् – पहिलो, प्राकृतिक सीमा र दोस्रो, मानिससँग भएका विकल्प ।’

जति धेरै प्राकृतिक स्रोध साधनको खपत हुन्छ, मुश्किल त्यति नै बढ्नेछ

जोएल थप्छन्, ‘हाम्रो विकल्पले यो निश्चित गर्नेछ कि मानिसले कति धेरै जैविक स्रोतको प्रयोग गर्छन् । जस्तै जमिन, जल र जंगल । यदि पृथ्वीले यी चिजलाई लगातार हरेक वर्ष तीब्र गतिमा पैदा गर्छ भने मानिसले यसको प्रयोग वा खपत गर्न सक्छन् । तर खपत बढी भयो र पृथ्वीले सही समयमा पैदा वा संरक्षित गर्न सक्दैन भने मुश्किल बढ्नेछ । जमिनका लागि जंगल फँडानी हुनेछ । फँडानी हुँदा जलमा कमी आउनेछ । नतिजा प्राकृतिक प्रकोप ।’

मानिसको बानी नै हो – लोभ र मुर्खतापूर्ण काम गर्नु

जोएल भन्छन्, ‘मुर्खतापूर्ण काम गर्नु र लोभ गर्नु मानिसको बानी नै हो । थप इन्धनका लागि जीवाश्म इन्धनको दुरुपयोग हुनेछ । फलस्वरुप कार्बन डाइअक्साइडको उत्सर्जन बढी हुनेछ । यसका कारण धर्तीमा ग्लोबल वार्मिङ बढ्नेछ । हिमनदी पग्लिनेछन् । समुद्रको जलस्तर बढ्नेछ । जमिन समुद्रमा समाहित हुनेछ । मौसम बदलिनेछ । अत्यधिक गर्मी हुनेछ । बेमौसमी वर्षा हुनेछ । चिसो छोटो वा लामो हुनसक्छन् ।’

बढ्दो जनसंख्याको हिसाबले मानिसलाई चाहिन्छ १.७५ धर्ती

डब्ल्यूडब्ल्यूएफ र ग्लोबल फुटप्रिन्ट नेटवर्ककका अनुसार जुन गतिमा मानिसको जनसंख्या बढिरहेको छ, त्यो हिसाबले हामीलाई धर्ती कम हुनेछ । मानिसको आवश्यकता पूरा गर्नका लागि १.७५ धर्ती थप चाहिन्छ । अर्थात्, अहिले जति छ त्यसमा ७५ प्रतिशत थप चाहिन्छ । अब यस्तो त हुन सक्दैन । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रको जलवायु सम्बन्धि रिपोर्ट अनुसार ग्रीनहाउस ग्यास बढी उत्सर्जन हुनुको मुख्य कारण नै बढ्दो जनसंख्या हो । जबकी बढ्दो जनसंख्या आर्थिक विकासमा पनि मद्दत गरिरहेको छ । जोएल कोहेनका अनुसार हामी मानिसलाई भविष्य हेर्न आउँदैन ।

सबैभन्दा बढी जनसंख्या यी आठ देशमा बढ्नेछ, जसलाई नियन्त्रण गर्न सकिने छैन

संयुक्त राष्ट्रको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका जुन आठ देशमा सबैभन्दा तीब्र गतिमा जनसंख्या बढ्नेछ, ती हुन् – कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया । सन् २०५० सम्म जति पनि जनसंख्या बढिरहेको छ, त्यसमध्ये आधाभन्दा बढी योगदान अफ्रिकाको सब–सहारन देशको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता