४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र चीनबीच तनावको कारण के हो ?

२७ मंसिर २०७९, मंगलवार ०७:४८

मङ्सिर २७, काठमाडौँ | पछिल्ला केही वर्षयता भारत र चीनबीचको सम्बन्ध बिग्रिदै गएको छ। दुवै देशका सीमा क्षेत्रमा बढि विवाद छ। यस विषयमा दुवै देशले फरक फरक दावी गरिरहेका छन्।

दुवै देशबीच विवादको मु्ख्य कारण ३४४० किलोमिटर लामो सीमाना नै हो। यसबारे दुवै देशले आ-आफ्ना दावी गरेका छन्। यस क्षेत्रमा नदी ताल र हिउँले घेरिएका हिमालका कारण वास्तविक नियन्त्रण रेखालाई लिएर त कहिलेकाही दुई देशका सैनिक आमनेसामने हुँदा विवाद बल्‍झिदै गएको हो।


दुवै देशले सीमावर्ती क्षेत्रमा आधारभूत संचरना निर्माण गरिरहेका छन्। भारतले उच्च उचाइमा रहेको एयर बेससम्म सडक निर्माण गरिरहेको छ यसमा चीनले पटकपटक आपत्ती जनाउँदै आएको छ।

सन् २०२० को मे महिनामा गलवानमा भारत र चीनबीच झडप हुँदा २० सैनिकको मृत्यु भएको थियो। केही समयपछि चीनले यस झडपमा आफ्ना ४ सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो।

लद्दाखको गलवान घटनापछि दुई देशबीच सैन्य तहको वार्ता हुँदै आएको छ। तर, तनाव भने कायमै छ। 

पछिल्लो पटक अरुणाचल प्रदेशको तवाङमा दुई देशका सैनिकहरुबीच झडप हुँदा अर्को तनाव उत्पन्न भएको छ।

भारतीयसेनाका अनुसार यो झडपमा दुवै देशका केही सैनिक घाइते भएका छन‍्।  ९ डिसेम्बरमा झडप भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन्।

झडपमा दुवै पक्षका केही सेना घाइते भएको बीबीसीमा समाचार छ। भारतीय सेनाका अनुसार पीएलएका सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गर्न खोजेपछि भारतीय सेनाले जबाफी कारबाही गरेको थियो।

भारतीय सेनाका अनुसार दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका थिए। झडपपछि शान्ति कायम गर्न इलाका कमान्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए।

भारतको एक प्रमुख अंग्रेजी पत्रिका द हिन्दुले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै तवांगमा भएको झडपमा भारतीय सैनिक भन्दा धेरै चिनियाँ सैनिक घाइते भएको जनाइएको छ।

यसबारे चीनले कुनै जानकारी गराएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ