२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीलाई लगाइएको कालो पहिरन के हो जसको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ

२०७९, ४ पुष सोमबार ११:२४

पुस ४, काठमाडौँ | आइतबार रात, लियोनल मेस्सी र उनका फ्यानहरूको सपना साकार भयो । ३६ वर्षको लामो प्रतिक्षापछि अर्जेन्टिनाले फुटबल मैदानमा फेरी आफ्नो साम्राज्य स्थापित गरेको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।

अर्जेन्टिनाको जितपछि मेस्सीले स्टेजमा अवार्ड लिन दुई पटक स्टेजमा पाइला टेकेका थिए, जसमध्ये एउटालाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले प्रश्न र जवाफ दिइरहेका छन् ।


मेस्सी पहिलो पटक स्टेज चढ्दा उनलाई गोल्डेन बल अवार्ड दिइएको थियो । यो अवार्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ । त्यसपछि अर्जेन्टिनाका खेलाडीहरू फिफा विश्वकप ट्रफी लिन एक–एक गरेर स्टेजमा पुगे, यसैबीच सबैका आँखा मेस्सीलाई खोजिरहेका थिए ।

मेस्सी सबैभन्दा अन्तिममा स्टेजतर्फ अघि बढे । उनलाई स्टेजमा पदक दिएपछि कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक लगाइदिए । यो पोशाकलाई लिएर सामाजिक सञ्जालमा केहीले प्रश्न उठाइरहेका छन् भने केहीले यसको पक्षमा लेखिरहेका छन् । योसँगै कतिपयले यो पहिरन के हो र यसलाई के भनिन्छ भनेर जान्न खोजिरहेका छन्  ।

मेस्सीले लगाउने पहिरनलाई बिष्ट पनि भनिन्छ । यो अरब देशहरूमा एक प्रकारको सांस्कृतिक पोशाक हो । यो विशेष अवसरहरूमा मात्र लगाइन्छ । यसै कारण आइतबार राती जितलाई विशेष बनाउनका लागि मेस्सीलाई जालीदार, सुनौलो रङले सजाइएको पोसाक लगाइएको थियो ।


तर, यो पोशाक मेस्सीलाई लगाइदिँदा उनी आफैँलाई पनि कसरी लगाउने भन्ने बुझेका थिएनन् । शेख तमिम बिन हमादले मेस्सीलाई यो पोशाक लगाउन मद्दत गरे । त्यसपछि मेस्सी ट्रफी लिएर खुसी हुँदै आफ्नो टोली तर्फ लागे र रंगशालामा आतिशबाजी सुरु भयो ।

बिष्ट के हो ?

कतार विश्व कप आयोजक समितिका महासचिव हसन अल थावादीले बीबीसी स्पोर्टसँगको कुराकानीमा यसबारे जानकारी दिएका छन् । उनले भने, ‘यो आधिकारिक पोशाक हो र यो विशेषगरी समारोहको लागि लगाइन्छ । यो मेस्सीको जीतको सम्मानमा उनलाई लगाइएको थियो । ’

उनले भने, ‘विश्वकप हाम्रा लागि अरब र मुस्लिम संस्कृतिको दुनियाँलाई देखाउने अवसर थियो । यो कतारको लागि होइन, यसले एक क्षेत्रको उत्सवको आनन्द देखाएको छ ।’

सामाजिक सञ्जालमा के भनिरहेका छन् मानिस ?

आयरिश ब्लगर जोनी वार्डले लेखेका छन् – कालो पोशाकले फोटो खिच्ने बेला मेस्सीको प्रतिष्ठित १० नम्बरको टी–सर्टलाई छोप्ने काम गर्यो । किन यस्तो गरेको होला ? यो अपमान हो र यसका लागि जिम्मेवार कतार हो ।’

‘त्यो क्षण जसलाई मेस्सीले सपनामा देखेका थिए’ लेखिएको ट्वीटलाई रिट्वीट गर्दै शोभिक बर्नीले लेखे, ‘निश्चित रुपमा कालो कपडा उनको सपनामा थिएन ।’

बालुमा नामका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘मेस्सीले मेरो लागि कप उठाएको क्षणलाई कालो पोशाकले बर्बाद बनायो ।’

बीडीएम नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘ मेस्सीले कालो लुगा नलगाई ट्रफी उचालेको तस्बिर हेर्ने चाहन्छु ।’

यस्तै, आदि शाहले लेखेका छन्, ‘के कसैले तस्बिरबाट कालो पोशाक एडिट गरेर हटाउन सक्छ ?’

रोब वाग्नर नामका एक ट्विटर प्रयोगकर्ताले मेस्सीलाई अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित फोटोका लागि कालो पहिरन लगाउन बाध्य पारिएको लेखेका छन् । खेल सकिएपछि राजनीतिक नेताहरूलाई मैदानमा जान दिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी