Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक

२०७९, ७ चैत्र मंगलवार १२:०९

चैत ७ काठमाडौं । पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५८औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गर्नुभयो । 

पुस्तकमा दलित समुदायबाट हालसम्म भएका सङ्घीय मन्त्री तथा सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सदस्यको तथ्याङ्क (नामावली) समावेश गरिएको छ । पुस्तकमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायका व्यक्तिको नामावली पनि समावेश छ । 

पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीको सङ्ख्या जम्मा ३४ (सहायक र राज्यमन्त्रीसहित) रहेको उल्लेख छ । प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्ति मन्त्री भएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभाका दलित सांसदको हालसम्मको सङ्ख्या एक सय ६७, प्रदेशसभा सदस्य एक सय नौ तथा प्रदेश प्रमुखमा एकजना र राजदूत तीन जना छन् । 

पुस्तकमा स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख तीन, उपप्रमुख नौ, गाउँपालिका अध्यक्ष छ, उपाध्यक्ष सात तथा छ हजार छ सय २० दलित महिला वडासदस्यमा निर्वाचित भएको उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान