Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक !

२०७९, ९ चैत्र बिहीबार ०६:४४

चैत ९, काठमाडौं | गत चैत ६ गते संसदबाट विश्वासको मत लिने बित्तिकै प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले चैत १० गते शुक्रवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणा अनुसार सरकारले भोलि शुक्रवारसम्म साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुनेछ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि ११ दलिय गठबन्धनको छलफल जारी छ । कतिपय दलहरुले आफ्ना लागि मागेका मन्त्रालयले पाउने निश्चित भएको छ भने कतिपयले नपाउने सम्भावना पनि छ ।


यसैबीच, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि अब विस्तार हुने मन्त्रिमण्डलमा सहभागि हुने निश्चित छ । प्रधानमन्त्री दाहालले त रास्वपाका सभापति लामिछानेलाई गृह मन्त्रालय नै दिन सकारात्मक भएको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।

त्यसो त प्रारम्भमा गृह मन्त्रालयले माओवादी केन्द्र आफैंले राख्ने निर्णय गरेके थियो । तर, रास्वपाका सभापति रवि लामिछानेलाई पुनः सरकारमा सहभागि गराउने पर्ने अवस्थामा उनलाई पुनः गृह मन्त्रालय दिन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको स्रोतको दावी छ ।

लामिछानेलाई गृह मन्त्री बनाउने भएपछि प्रधानमन्त्री दाहालले वर्तमान मन्त्रिमण्डलमा रहेका मन्त्रिहरुको मन्त्रालय फेरवदल गर्ने सम्भावनासमेत उच्च रहेको बताइन्छ ।

यद्यपि, लामिछानेले भने अब बिस्तारमा हुने सरकारमा आफैं सहभागि नहुने मनस्थिति बनाएको बताइन्छ । मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको गत माघ १३ गते सर्वोच्च अदालतले नागरिकता प्रकरणमा सांसदसहित सबै पद खारेज गरेको थियो । आगामी वैशाख १० गते उक्त क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यो उपनिर्वाचनमा उम्मेदवारी दिएर आउने परीणामपछि मात्र आफू सरकारमा सहभागी हुने लामिछानेको चाहना छ । वैशाख १० गतेको उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी हुने कुरामा ढुक्क देखिएका लामिछाने निर्वाचनपछिमात्र सरकारमा सहभागी हुने बताउँदै आएको उनका निकटका नेताहरुले बताएका छन् ।

यता, २५ सदस्यीय मन्त्रिमण्डलमा हाल प्रधानमन्त्रीसहित सात जनामात्र मन्त्रि छन् भने १८ वटा मन्त्रालय हाल रिक्त छन् । अब बिस्तार हुने मन्त्रिपरिषद्ले यी सबै रिक्त मन्त्रालय ओगट्ने छन् ।

प्रधानमन्त्रीले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सबैभन्दा बढी मन्त्रालय दिने तयारी गरेका छन् । यसअघि एमालेले लिएका अधिकांश मन्त्रालय कांग्रेसले पाउने निश्चितजस्तै भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान