४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार, प्रिन्सिपल पक्राउ

९ चैत्र २०७९, बिहीबार ०८:१४

चैत ९, काठमाडौं | धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् ।

सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ । यो बुधबारको घटना हो ।

इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले उक्त घटनाबारे बुझ्न खोज्दा भिडभाडमा रहेको भन्दै केही विवरढ दिन चाहेनन् ।

विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको उनीहरूले देखेपछि शिक्षक भागेका थिए । छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएकी छन् ।

प्रहरीले छात्रालाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ । तर, आरोपी शिक्षक भने पक्राउ परेका छैनन् ।

सबैला प्रहरीले बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ