४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्थानीयले पिपल फाल्न नदिएपछि…

९ चैत्र २०७९, बिहीबार ०९:०२

चैत ९, तुलसीपुर | वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ ।

“रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्”, वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो, “स्थानीयले रुख कुनै पनि हालतमा फाल्न नदिने भनेपछि, रुखको वरिपरि कालोपत्र गरिएको हो ।”  

स्थानीय ज्ञानबहादुर चौधरीका हजुरबुवाले धेरै वर्ष पहिले उक्त पिपल रोपेकाले रुख फाल्न अनुमति दिन नसकिएको स्थानीयको भनाइ छ । पिपल फाल्न नदिए पनि स्थानीयले सडकका लागि थप तीन मिटर जग्गा उपलब्ध गराएको वडाध्यक्ष रावतले बताउनुभयो । 


“विगतमा सडक छेउ रहेको पिपल सडक बिस्तारका क्रममा बीच भागमा पुगेको छ”, उहाँले भन्नुभयो, “सडक बिस्तारपछि सडक पाँच मिटरबाट १० मिटर बनाइएको छ ।” 

तुलसीपुर उपमहानगरपालिका–८ को कृष्ण मन्दिरदेखि पश्चिम टिकरीतर्फ जाने सडकमा पनि सडकबीचमै पोल राखेर कालोपत्र गरिएको छ । सडकको बीचमा पर्ने पोल हटाउनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बजेट अभावका कारण पोल हटाउन नसकिएको तुलसीपुरस्थित विद्युत् कार्यालये जनाएको छ ।

“हामीसँग सडकबीचमा रहेका पोल हटाउन बजेट हुँदैन । सम्बन्धित कार्यालयले पोल हटाउन बजेट छुट¥याएर काम गर्ने हो”, विद्युत् कार्यालय तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले भन्नुभयो । सडकका पोल हटाउन पनि केन्द्रबाट अनुमति लिनुपर्ने उहाँको भनाइ छ ।

“सडक निर्माण भइसकेपछि मात्रै जानकारी दिने गरिएकाले यस्तो समस्या आएको हो । पहिल्यै जानकारी दिएपछि हामीलाई पनि सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

यसरी सडक बीचमा रुख, पोल पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । तुलसीपुर–८ निवासी कृष्ण केसीले मोटरसाइकल चलाउँदा सडक बीचमा पोल नदेख्ने तथा झुक्किने गरेको बताउनुभयो । “हामी बानी परेकालाई त केही हुँदैन”, उहाँले भन्नुभयो “नयाँ मानिसलाई सवारीसाधन चलाउन समस्या हुन्छ, पोलमा ठोक्किने सम्भावना हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ