चैत १०, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सरकारमा सहभागिता, उपनिर्वाचनलगायतको विषयमा छलफल गर्न अध्यक्ष ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । उनका साथमा वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि पुगेका छन् ।
लोसपाको बिहीबार बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । कुन मन्त्रालय र कतिवटा लिने, सरकारमा कसरी सहभागी हुने लगायतको विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।
साथै बारामा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवार उठाउने निर्णय गरेको छ । यी सबै विषयमा भेटका क्रममा छलफल गर्ने सो पार्टीका नेता मनिष मिश्रले बताए ।