Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

२०७९, १० चैत्र शुक्रबार १०:२२

चैत १०, काठमाडौँ | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित ९१ जना प्रदेश सभा सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री जम्मकट्टेललाई मत दिएका थिए। 

नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम बमोजिम मुख्यमन्त्री जमकट्टेलले आफुमाथि प्रदेश सभाको बहुमत सदस्यहरूको विश्वास छ भनी सदनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

सो प्रस्तावको विपक्षमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले मतदान गरे। विपक्षमा १७ मत परेको थियो। त्यस्तै राप्रपाले ७ मत तटस्थमा मतदान गरेको थियो। 

मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद्हरूले जमकट्टेललाई मत दिएका हुन्। 

यससँगै जमकट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ। कूल ११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा कांग्रेसको ३७, माओवादी केन्द्रको २१, नेकपा एमालेको २७, नेकपा एकीकृत समाजवादीको ७, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको २ र नेपाल मजदुर किसान पार्टीको ३ जना सांसद् रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की