१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेसँग भिड्न झलनाथलाई दबाब, कांग्रेसले के गर्ला ?

१० चैत्र २०७९, शुक्रबार १०:३७

चैत १०, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) पार्टीले बैशाख १० गते हुने बारा–२, चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनमा एक क्षेत्र पाउनुपर्ने दाबी गरेको छ । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललाई उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनाउनेगरि छलफल चलेको उच्च स्रोतको दाबी छ । नेता खनालले पनि पाँचथर पुगेर आफ्नो दलले मागेजति मन्त्रालय र उपनिर्वाचन हुने तीन क्षेत्रमध्ये एक क्षेत्र नपाए सरकारमा नजाने खुलासा गरेका छन् ।


नेता खनाल आँफै उपनिर्वाचन लड्ने मुडमा पुगेका छन् । चितवन–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उनलाई चुनावी मैदानमा उतार्ने नेकपा (एकीकृत समाजवादी) को तयारी छ । अध्यक्ष माधव नेपालले यसबारेमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताईएको छ।

सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ मा उठ्दैछन् । यसअघि सो क्षेत्रमा उनी नै अत्यधिक बहुमतका साथ विजयी भएका थिए । तर, नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको फैसलाका कारण उनी सांसदबाट मुक्त भएका थिए । अहिले उनको नागरिकता र पासपोर्टसम्बन्धी विवाद सल्टिएको छ । उनी चुनावी मैदानमा उत्रिने तयारीका साथ चितवनमै सक्रिय हुन थालेका छन् । कांग्रेसका नेताहरुले पनि सो क्षेत्रमा जित्नेगरि तयारी थालेको बताएका छन् ।

सभापति देउवाले उम्मेदवार छनौटको तयारीसमेत थालेका छन् । उम्मेदवार चयन गर्न जिल्लाबाट नाम मगाएका छन् । यसअघि उक्त क्षेत्रमा रवि लामिछाने निर्वाचित हुँदै गर्दा कांग्रेस र एमालेका उम्मेदवार दोस्रो र तेस्रो भएका थिए । कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार थिए । अहिले दुवै जना पूनः चुनाव लड्ने मुडमा छन् ।

चितवन कांग्रेसको बलियो जनाधार भएको जिल्लाको रुपमा परिचित छ । सत्ता गठबन्धनका मुख्य घटकहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा उम्मेदवार तय गर्नसक्ने सम्भावना पनि रहेको चर्चा छ । माधव नेपालले खनाललाई अघि सार्दा देउवाको साथ लिन खोजेका छन् । देउवा भने कुनैपनि हालतमा सो क्षेत्रमा आफ्नो दलबाटै उम्मेदवार बनाउने अडानमा छन् । गठबन्धनमा अहिले मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित छन् । मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री दाहालले गठबन्धनमा उपनिर्वाचनबारे छलफल गर्ने तयारी गरेका छन् । -रिपोटर्स नेपालबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता रामेछाप दुर्घटना: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु (अपडेट) गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु