२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी, रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय

२०७९, १२ चैत्र आईतवार ०५:२८

चैत १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो ।

कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भएको छ ।

आफूहरु आन्तरिक छलफलमै रहेकाले आइतबारसम्ममा कांग्रेसले पनि नामावली टुंगो लगाउने तयारी गरेको उनको भनाइ छ । कांग्रेसमा पदाधिकारीले नै नेतृत्त्व गरेर सरकारमा जाने विषय करिब टुंगो लागे पनि कसको नेतृत्त्व भन्ने टुंगो लागिनसकेको एक पदाधिकारी बताउँछन् ।

तर उनले उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा पठाउन सभापति शेरबहादुर देउवा तयार भएको बताए ।

“उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ,” ती नेताले भने, “कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको बैठक बोलाएर निर्णय गर्ने तयारी गरेको छ ।”

माओवादीको बैठकमा प्रधानमन्त्री दाहालले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा बताएका थिए । उनी निकट एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री रहेको पार्टी नेकपा माओवादीले पाँचवटा मन्त्रालयको जिम्मेवारी लिनेछ ।

कांग्रेसको दाबी ८ रहेकाले सकेसम्म ८ वटै मन्त्रालय दिने तयारी प्रधानमन्त्रीले गरेको ती नेताले बताए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, नेकपा एकीकृत समाजवादी पार्टीलाई ३, जसपालाई २, बाँकी रहेका साना दललाई एक एक वटा मन्त्रालय दिने तयारी छ ।

प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग रास्वपासहितका पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भएकाले विस्तारमा ढिलाई भएको बताएका छन् । रास्वपालाई यसअघिजस्तै तीनवटा मन्त्रालय दिने तयारी छ । 

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र राष्ट्रपतिमा सत्ता गठबन्धनका उमेदवारलाई सहयोग गरेको थियो । साना पार्टीले पनि उपप्रधानमन्त्रीसहित मन्त्रालयमा दाबी गरेका कारण केही कठिनाइ भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति