१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी, रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय

१२ चैत्र २०७९, आईतवार ०५:२८

चैत १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो भने कांग्रेसको पदाधिकारी बैठकले पनि सोमबारसम्म विस्तार हुने भएकाले सरकारमा सहभागीहरुको नामावली आइतबारसम्म टुंगो लगाउने बताएको थियो ।

कांग्रेसको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा ‘ब्रिफिङ’ गरेका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार सोमबारसम्म मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भएको छ ।

आफूहरु आन्तरिक छलफलमै रहेकाले आइतबारसम्ममा कांग्रेसले पनि नामावली टुंगो लगाउने तयारी गरेको उनको भनाइ छ । कांग्रेसमा पदाधिकारीले नै नेतृत्त्व गरेर सरकारमा जाने विषय करिब टुंगो लागे पनि कसको नेतृत्त्व भन्ने टुंगो लागिनसकेको एक पदाधिकारी बताउँछन् ।

तर उनले उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा पठाउन सभापति शेरबहादुर देउवा तयार भएको बताए ।

“उपसभापति पूर्णबहादुर खड्काकै नेतृत्त्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ,” ती नेताले भने, “कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको बैठक बोलाएर निर्णय गर्ने तयारी गरेको छ ।”

माओवादीको बैठकमा प्रधानमन्त्री दाहालले सरकार विस्तारमा भइरहेको प्रगतिका बारेमा बताएका थिए । उनी निकट एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री रहेको पार्टी नेकपा माओवादीले पाँचवटा मन्त्रालयको जिम्मेवारी लिनेछ ।

कांग्रेसको दाबी ८ रहेकाले सकेसम्म ८ वटै मन्त्रालय दिने तयारी प्रधानमन्त्रीले गरेको ती नेताले बताए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, नेकपा एकीकृत समाजवादी पार्टीलाई ३, जसपालाई २, बाँकी रहेका साना दललाई एक एक वटा मन्त्रालय दिने तयारी छ ।

प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग रास्वपासहितका पार्टीलाई सरकारमा सहभागी गराउने तयारी भएकाले विस्तारमा ढिलाई भएको बताएका छन् । रास्वपालाई यसअघिजस्तै तीनवटा मन्त्रालय दिने तयारी छ । 

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र राष्ट्रपतिमा सत्ता गठबन्धनका उमेदवारलाई सहयोग गरेको थियो । साना पार्टीले पनि उपप्रधानमन्त्रीसहित मन्त्रालयमा दाबी गरेका कारण केही कठिनाइ भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ