१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा एसबाट सरकारको नेतृत्व डा. बेदुराम भुसालले गर्ने, तीन मन्त्रालयमा अडान

१२ चैत्र २०७९, आईतवार ०६:१९

चैत १२, काठमाडौँ | ११ दलीय सत्ता गठबन्धनको पाँचौँ ठूलो घटक नेकपा एकीकृत समाजवादी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एसको महासचिव छाडेर उपाध्यक्ष बनेका डा. भुसाल राष्ट्रियसभा सदस्य हुन् ।

अध्यक्ष माधवकुमार नेपालले डा. बेदुराम भुसाललाई सरकारको नेतृत्व गरेर पठाउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गराइसकेको बालुवाटार स्रोतले जनाएको छ । भुसाल नेकपा एसका संस्थापक महासचिव भए पनि घनश्याम भुसालका लागि सो पद छाडेका छन् ।

नेकपा एसका माधव नेपालसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक ९ जना सांसद नै मन्त्रीको दाबेदार छन् । यद्यपि पहिलो चरणमा डा. बेदुराम भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी नेकपा एसको छ ।

एमालेबाट विभाजन भएर मन्त्री तथा मुख्यमन्त्री बनेकाहरूले पहिलो चरणमा मौका नपाउने मापदण्ड बनाइएको छ । सोही मापदण्ड बमोजिम बेदुरामको नेतृत्वमा सरकारमा जान लागिएको हो । सरकारको नेतृत्वका लागि राजेन्द्र पाण्डेले पनि दाबी गरेका छन् ।

तर पाण्डेलाई माधव नेपाल प्रधानमन्त्री भएको बेला गृहमन्त्री बनाउने आश्वासन दिइएको स्रोतले जनाएको छ । नेकपा एसले गृहमन्त्रीमा दाबी गरेपनि सो मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ जाने चर्चासँगै नेकपा एसले भौतिक पूर्वाधार पाउने सम्भावना छ ।

नेकपा एसबाट निर्वाचित सांसदमध्ये पार्टी विभाजनपछि धनबहादुर बुढाबाहेक सबै एक चरण मन्त्री बनिसकेका छन् । बुढाले ६ महिनाका लागि भनेपनि आफूलाई मन्त्री बनाउन नेतृत्वमाथि दबाब बढाएका छन् । यो चरणमा नभए अर्को चरणमा मन्त्री बनाउने आश्वासन उनलाई दिइएको छ ।

प्रकाश ज्वाला र अमरबहादुर थापा कर्णाली सरकारमा मन्त्री थिए । उनीहरूले मन्त्री भएकै बेला एमालेका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्नबाट रोक्न माओवादीलाई फ्लोर क्रस गरेर साथ दिएपछि सांसद पद गएको थियो ।

अमर थापा पनि कर्णालीकै भएकाले यस पटक ज्वालाले मौका पाउँदा उनले अर्को पटक पाउने आश्वासन दिइएको छ । प्रेम आले, किसान श्रेष्ठ, शेरबहादुर कुँवरले भने यो चरणमा मन्त्री बन्ने मौका नपाउने भएका छन् ।

तीन चरणमा सरकार बन्ने भएकाले सबै सांसदले पालैपालो मन्त्री बन्ने अवसर रहेको भन्दै नेतृत्वले उनीहरूलाई मनाइरहेको छ । नेकपा एसले एउटा प्रदेशको मुख्यमन्त्रीसहित ३ मन्त्रालयमा दाबी गरेको छ । यद्यपि प्रधानमन्त्रीले भने नेकपा एसलाई २ मन्त्रालयमा मात्र दिन सकिने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ