२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग

२०७९, १२ चैत्र आईतवार ०८:०८

चैत १२, काठमाडौँ | जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि तीव्र विरोध भएको उल्लेख गरे । सो विरोधको क्रममा भएको आन्दोलनमा पदमकुमार लिम्बुको टाउकोमा गम्भीर ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

उनले यस्ता घटनाहरूको सिलसिला नरोकिएको उल्लेख गरे ।  उनले मधेस आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए । उनले यस्ता घटनाहरू रोक्न र मृतकलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति