१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी

१२ चैत्र २०७९, आईतवार ०९:५९

चैत १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहादनीसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध रिट लैजाने तयारी गरिएको छ । उनको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका युवराज पौडेल (सफल) महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।

यसअघि, अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरी दुरुपयोग गरेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान गरिएको थियो । गएको फागुनमा प्रहरीले अनुसन्धान सकी लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसको जानकारी उच्च सरकारी वकिल कार्यालय पाटनलाई गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्‍यो ।

सो निर्णय महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराइयो । महान्यायाधिवक्ता कार्यालयले पनि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । अमेरिकी नागरिक रहँदा नेपाली राहदानी प्राप्त गरे पनि त्यसको प्रयोग नगरेको मुख्य आधार लिँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सकेसम्म छिटो रिट लैजाने तयारी आफूले गरेको पौडेल बताउँछन् । “महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट हामी छिटोभन्दा छिटो लग्ने तयारीमा छौँ,” पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ