१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो

१२ चैत्र २०७९, आईतवार १०:०५

चैत १२, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई तीन/चार महिना मन्त्रीबिना बाँच्न नसक्ने भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।

उनले भने, ‘बारा २ मा सांसद पद खाली भएको सूचना संसदमा पढ्न पाएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै निर्वाचनको कार्यक्रम वैशाख १० मै घोषणा गरिसक्यो यही रफ्तारमा अरु काम पनि धेरै भइदियो भने त राम्रो हुन्थ्यो जस्तो लाग्छ । कसैलाई चाहिँ तीन/चार महिना मन्त्रीबिना बाँच्नै नसक्ने भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गराउन मिल्दैन ।’

उनले आयोगको यो कदमले विश्वासनियतामाथि प्रश्न उठाएको बताए । उनले भने, ‘निर्वाचन निष्पक्ष रुपमा गराउनुपर्छ । त्यहाँ प्रहरी प्रशासनको दुरुपयोग गराउन हुँदैन ।’

उनले निर्वाचन आयोगलाई सरकारको तर्फबाट कुनै दबाब नराख्न समेत आग्रह गरे । बारा २ मा जसपा अध्यक्ष यादव निर्वाचन लड्ने तयारी थालेपछि राउत त्यसको आक्रमक रुपमा विपक्षमा उभिएका छन् । उनले बारा २ मा उपेन्द्रलाई हराउँनका लागि लोसपा र नागरिक उन्मुक्तिसँग कार्यगत एकता गरेरै अभियान चलाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ