१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बढ्यो यार्सागुम्बाको निर्यात, ८ महिनामा ३६ करोड भित्रियो

१३ चैत्र २०७९, सोमबार ११:०५

चैत १३, काठमाडौँ | गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यार्सागुम्बाको निर्यात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनाको तुलनामा यार्सागुम्बाको निर्यात बढेको हो । चालू वर्षको ८ महिना (साउन–फागुन) सम्मको अवधिमा नेपालबाट ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । यसअवधिमा नेपालबाट ५६४ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।


जबकी, गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट २४ करोड ५८ लाख १७ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट जम्मा ३९७ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ । नेपालबाट विश्वका एक दर्जन देशमा यार्सागुम्बा निर्यात हुने गरेको देखिएको छ । ८ महिनाको अवधिमा नेपालबाट कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, कोरिया, इटाली, मलेसिया, बेलायत, अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात भएको छ ।

नेपालबाट कम्बोडियामा ११ करोड ५९ लाख ४३ हजार रुपैयाँ बराबरको १७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, हङकङमा १७ करोड ७५ लाख रुपैयाँ बराबरको २५६ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, चीनतर्फ २१ लाखको र फ्रान्सतर्फ १० लाखको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । इटालीमा ९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा मलेसियामा ३४ लाख रुपैयाँको र सिंगापुरमा १ करोड २५ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक बेलायतमा २० लाखको निर्यात हुँदा अमेरिकामा ५१ लाख रुपैयाँको र भियतनाममा ४ करोड २३ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा नेपालबाट यार्सागुम्बा निर्यात बढेको छ । गत वर्ष २४ करोड ५८ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । जबकी, चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो । यो गत वर्षको तुलनामा ११ करोड ७६ लाख रुपैयाँ बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ