१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

१३ चैत्र २०७९, सोमबार ११:०९

चैत १३, काठमाडौँ | सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उहाँले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिनुभयो । 

सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान दिन नसकिएको उहाँको भनाइ छ । “नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुनेगर्छ”, उहाँले भन्नुभयो, “तर यो विषयको प्रचारप्रसार र विकास जसरी हुनुपर्ने थियो सो अनुसार हुन सकेको छैन ।”

उहाँले सहरीकरण र प्रकृतिमा आइरहेका प्रतिकूल परिवर्तनले आखाँका समस्या बढेको र दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताउनुभयो । 

कार्यक्रममा नेत्रज्याति सङ्घका महासचिव भरतबहादुर चन्दले आर्थिक अभाव र पहुँचबाट टाढा रहेका नागरिकलाई विभिन्न कार्यक्रममार्फत आँखासम्बन्धी उपचार निःशुल्क उपलब्ध गराउँदै आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सङ्घले दृष्टिविहीनताकोे अधिक प्रभावित क्षेत्र तथा वर्ग समुदायको पहिचान गर्दै उक्त क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । सन् २०२२ सम्म ३० लाख सात हजार दुई सय ९१ को आँखा परीक्षण र दुई लाख ७२ हजार नौ सय ५० जनाको निःशुल्क आँखाका शल्यक्रिया गरिएको छ ।”

उहाँले सङ्घले सन् २०२३ देखि २०३० सम्मका लागि रणनीतिक योजना बनाइरहेको जानकारी दिनुभयो । विसं २०३५ मा प्रा डा रामप्रसाद पोखरेल ‘आँखा बा’ र अन्य सामाजिक अभियन्ताको सामूहिक प्रयासबाट सङ्घको स्थापना भएको थियो । 

नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ । नेत्रज्योति सङ्घले विद्यालय आँखा जाँच कार्यक्रममार्फत सन् २०१८ देखि २०२२ सम्म १० लाखभन्दा बढी विद्यार्थीको आँखा परीक्षण र पाँच सय ५० विद्यार्थिको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिएको छ ।

नेत्रज्योति सङ्घको सर्वेक्षणअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ मा शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२० मा शून्य दशमलव शून्य २८ प्रतिशतमा झरेको छ । सर्वेक्षणअनुसार ४० वर्षअघि एक सय जनामध्ये औसत एक जनामा हुने दृष्टिविहीनता अहिले घटेर तीन सय ५८ बराबर एक जनामा हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ