२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपनिर्वाचनमा एमालेले गठबन्धन नगर्ने, को–को बन्दैछन् उम्मेदवार ?

२०७९, १३ चैत्र सोमबार ११:१९

चैत १३, काठमाडौँ | नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।


को–को हुँदैछन् उम्मेदवार ?

जिल्ला र प्रदेशबाट सिफारिस भएर आएकालाई केन्द्रले उम्मेदवार तोक्ने भएकाले चितवन, बारा र तनहुँमा एमालेले कसलाई उठाउँदैछ भन्ने प्रस्ट भैसकेको छैन । तर एमाले नेताहरूका अनुसार चितवनमा मङ्सिरमा निर्वाचन लडेर पराजित भएका कृष्णभक्त पोखरेल, बागमती प्रदेश सभामा पराजित देवी ज्ञवाली र एमाले जिल्ला अध्यक्ष समेत रहेका र स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा रेनु दाहालसँग पराजित भएका विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । मङ्सिरको निर्वाचनमा चितवन २ रास्वपाका रवि लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमेश श्रेष्ठले १४हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५२मत ल्याएका थिए । सो क्षेत्रमा राप्रपाका रवीन अधिकारीले ९५५ मत ल्याएका थिए ।

बारा २ मा भने गत निर्वाचनमा एमालेले उम्मेदवार उठाएको थिएन । सो क्षेत्रबाट जसपाका रामसहाय यादव १३ हजार ८२२मतसहित निर्वाचित भएका थिए । सो क्षेत्रमा माओवादी केन्द्रका शिवप्रसाद कुशवाहाले १३ हजार ४६८ र स्वतन्त्र उम्मेदवारहरू रामकिशोर यादव ११ हजार ४३, रवीन्द्रप्रसाद यादव १० हजार ७५०, अरुणकुमार ज्ञवाली ७ हजार ६९८, तथा जनमतका राजेश साहले २ हजार ७२५र नागरिक उन्मुक्तिको तेजबहादुर भगतले ११११ ल्याएका थिए । एमाले मधेस प्रदेश अध्यक्ष ज्वाला कुमारी साहले वार २ मा यो पटक कसलाई उम्मेदवार बनाउने भन्ने छलफल चलिरहेको बताइन् । ‘छलफल भइरहेको छ केही दिनमा टुङ्गोमा पुग्छौ’, साहको भनाइ छ । त्यस्तै एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले यसपटक आफ्नो पार्टीको उम्मेदवारले बारा २ मा जित्ने भन्दै सोही किसिमको उम्मेदवार उठाउने बताए ।

त्यस्तै तनहुँमा सो पार्टीले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै रहेको एमाले नेताहरू बताउँछन् । खनालले पार्टीले निर्णय गरे आफू पछि नहट्ने समेत बताउँदै आएका छन् । खनाल मङ्सिरको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका थिए । गृह जिल्ला तनहुँ भएका खनाल मङ्सिरको निर्वाचनमा पनि तनहुँबाटै निर्वाचन लड्न चाहन्थे । तर पार्टीले त्यसबेला एकबहादुर राना मगरलाई उठाएको थियो । उनले १९ हजार ९८१ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार  गोविन्दराज जोशीले ६,८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका उम्मेदवारले २ हजार ४ सय मत ल्याएका थिए । खनालले भने, ‘तनहुँका साथीहरू चुनाव लड्न आइदिनुपर्‍यो भनिराख्नुभएको छ । उहाँहरू मेरो घरमै आएर रिक्वेस्ट गर्नुभएको थियो । मैले पार्टीको निर्णय मान्छु भनेको छु ।’ जवाफमा उनले आफूलाई भन्दा पनि अध्यक्ष कमरेडलाई भन्न सुझाव दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण