२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसइई दिन होस्टल बसेकी छात्रालाई शिक्षकले करणी गरेको आरोप

२०७९, २२ चैत्र बुधबार ०७:०५

चैत २२, दाङ | जिल्लामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो।

सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार मंगलबार इप्रकामा जाहेरी परेको हो।

सबै बसेर परीक्षाको तयारी गरिरहेका बेला त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भर्‍याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको प्रहरीको भनाइ छ। शिक्षक पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए।

उनी सोही विद्यालयका प्रावि शिक्षक हुन्। जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको डिएसपी मल्लले बताए। पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनको मंगलबार नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ।

यस विषयमा अखिल क्रान्तिकारी दाङ, अनेरास्ववियु दाङले सत्यतथ्य छानविन गर्न माग गरेको छ। अध्यक्ष गिरबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

यस्तै, अनेरास्ववियु दाङका अध्यक्षले पनि एक विज्ञप्ति निकालेर जबरजस्तीकरणी गरेको दु:खद घटनालाई प्रशासन तथा शक्ति र सत्ताको आडमा ढाक छोपमा लाग्न खोज्नुले न्यायप्रेमी युवा विद्यार्थीलाई निकै आक्रोशित बनाएको भन्दै दोषीलाई कानुनको दायरामा ल्याएर कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण