२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल प्रहरी र सनराइज बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

२०७९, २२ चैत्र बुधबार १०:०८

चैत २२, काठमाडौं | नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान–प्रदान गर्नुभएको थियो । 

उक्त समझदारीपत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिनकुमार नेपालले हस्ताक्षर गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताका लागि सनराइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारवाहीलगायत अन्य कल्याणकारी कार्यक्रममा सहजीकरण र सबलीकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान–प्रदान हुने अपेक्षा लिइएको बताउनुभयो । 

यसैगरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले नेपाल प्रहरीले आमनागरिकलाई सुरक्षित जिवनयापन र सुरक्षाको प्रत्याभूती दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताउनुभयो । 

उक्त सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैंकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने शर्माले विश्वास व्यक्त गर्नुभयो । 

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, सुनसरीको धरान, रौतहटको गरूडा, चितवनको शान्तिपुर, तनहुँको बेलचौतारा, दाङको घोराही, सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीस्थित आठ नेपाल पुलिस स्कुलहरुका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ विद्यार्थीलाई नौँ वर्षसम्मको अध्ययनका लागि छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ । 

छात्रवृत्ति कार्यक्रमबाट अमर/शहीद एवम् अशक्त प्रहरी कर्मचारीका सन्तति र वहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततीमध्ये जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइने बताइएको छ । जेहेन्दार छात्र–छात्रालाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्चसमेत गरी एकमुष्ठ छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ । 

यसैगरी नेपाल पुलिस स्कुलको शैक्षिक शुल्क वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम् १५ प्रतिशतसम्मको वृद्धि रकम सनराइज बैंकबाट प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण