2026-09-08 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

शून्य लागतमा खाडी र मलेसिया ५० हजार नेपाली उडे !

चैत २३, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा करिब ५० हजार नेपाली श्रमिकहरू शून्य लागतमा उडेको बताएको छ।

मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसिया, कतार जस्ता मुलुकमा ५० हजार नेपाली शून्य लागतमा पुगेको बताए।

मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले मलेसिया तथा खाडीका बहुर्राष्ट्रिय कम्पनीहरूमा नेपाली श्रमिकहरूले शून्य लागतमा जाने अवसर पाएको बताए।

फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार आठ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। 

नयाँ श्रम स्वीकृति लिएर मात्रै यो महिना ३६ हजार नौ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार आठ सय २४ जनाले मलेसियाका लागि लिएका छन्। कतारका लागि ११ हजार तीन सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, युएइका लागि नौ हजार सात सय ९५, साउदीका लागि नौ हजार पाँच सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।

कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय र २७ रोमानियाँ एक हजार ७० जनाले श्रम स्वीकृति लिएका छन्।

फागुनमा फ्रान्स, जापान, फिनल्याण्ड, बहराइन, इजरायल, लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।

गत माघमा ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएका थिए। माघमा पनि युवाहरूको रोजाइमा मलेसिया परेको थियो। मलेसियाका लागि १६ हजार ६६३ जनाले श्रम स्वीकृति लिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम