2026-09-06 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मलेसियामा रास्वपा प्रवासी संगठनको दोस्रो अधिवेशन सम्पन्न, नेत्र केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अधिवेशनबाट किरण थापा उपसभापति, बाशुदेब भट्ट सचिव, हेमराज सापकोटा सहसचिव, खेमराज खत्री कोष प्रमुख तथा कुलबहादुर कोइराला सह–कोष प्रमुखमा निर्वाचित भएका छन्।

क्वालालम्पुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नेत्र केसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नयाँ कार्यसमितिले मलेसियामा रहेका नेपाली श्रमिक, व्यवसायी, विद्यार्थी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध नेपालीहरूको हक, हित, सुरक्षा, सम्मान र अधिकारको पक्षमा थप सक्रिय, जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशनले प्रवासी नेपाली समुदायलाई संगठित, सशक्त र अधिकारमुखी बनाउन संगठनात्मक रूपमा अघि बढ्ने लक्ष्यसमेत लिएको छ।

अधिवेशनबाट नेत्र केसी सभापति, किरण थापा उपसभापति, बाशुदेब भट्ट सचिव, हेमराज सापकोटा सहसचिव, खेमराज खत्री कोष प्रमुख तथा कुलबहादुर कोइराला सह–कोष प्रमुखमा निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा कपिल बोहरा, उमेश कोइरी महतो, कमल चन्द, प्रकाश गिरि, राज लामा, सन्तोष केसी, लिला मगर, कैलाश बिष्ट, श्याम तामाङ, नकुल ढुंगाना, प्रमोद महतो, रुपेश विक, ईश्वर आले, जयप्रकाश शाहा, प्रदीपकुमार शाहा, विनय हमाल, सागर केसी, टेक थापा, चन्द्रमान श्रेष्ठ, कमलबहादुर बिष्ट, प्रकाश पुजारा, मिना बुढा, दिनेश दास, जिबराज भुषाल, चन्द्र घिमिरे, हरिनाथ मोहन्त, संजय नेघा, ताराध्वज शाही, महेश अधिकारी, धुर्वनारायण शर्मा, बाबुराम थापा, प्रकाश पौडेल, तिपेन्द्र बुढा मगर तथा रुद्र श्रेष्ठ चयन भएका छन्।

संगठनलाई अनुभव र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले दीपक बोगटी, नारायण अधिकारी, विनोद यादव, राजु शर्मा, शिव थापा, मिलन ठकुरी, टंक खड्का, सुन्दर आले मगर तथा शिव खड्कालाई सल्लाहकारमा मनोनयन गरिएको छ।

अधिवेशनमा मलेसियास्थित नेपाली राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। विशेष अतिथिका रूपमा रास्वपा प्रवास विभागका सचिव पदमराज पन्थी, रास्वपाका संस्थापक नेता प्रमोद न्यौपाने, रास्वपा नेता दीपक बोगटी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनएका पूर्व क्षेत्रीय संयोजक हरि भट्टराई तथा एनआरएनए मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बूको उपस्थिति रहेको थियो।

त्यसैगरी जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी, नेपाली प्रवासी मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, नेपाली व्यवसायी संघ मलेसियाका अध्यक्ष शिव थापा, नेपाल जनजाति महासंघ मलेसियाका अध्यक्ष पदम लिम्बू, पीएनसीसी मलेसियाका संयोजक पूर्ण लिम्बू तथा हेल्प मधेशी संस्था मलेसियाका अध्यक्ष प्रमोद महतो लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अधिवेशनले मलेसियामा रहेका नेपाली समुदायका समस्या पहिचान, श्रमिक अधिकार संरक्षण, आपतकालीन सहयोग, कानुनी सचेतना तथा नेपालीबीच एकता र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्षसमेत निकालेको छ ।

नवनिर्वाचित सभापति नेत्र केसीले प्रवासमा रहेका नेपालीहरूको समस्या, पीडा र आवश्यकतालाई नजिकबाट अनुभूति गर्दै आफू संगठन निर्माणको अभियानमा जोडिएको बताए। उनले नयाँ कार्यसमितिले श्रमिक अधिकार, कानुनी सहायता, सामाजिक सुरक्षा, आपत्कालीन उद्धार, नेपाली समुदायबीचको एकता तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

“प्रवासी नेपालीहरू केवल रेमिट्यान्सको स्रोत मात्र होइनन्, उनीहरू राष्ट्र निर्माणका महत्वपूर्ण साझेदार हुन्,” केसीले भने, “उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु राज्य र समाज दुवैको दायित्व हो। त्यसका लागि संगठित पहल अपरिहार्य छ।”

उनले व्यक्तिगत परिवर्तनबाट नै सामाजिक तथा राष्ट्रिय रूपान्तरण सम्भव हुने उल्लेख गर्दै जिम्मेवारीबोध, अनुशासन र सकारात्मक सोचको विकासलाई संगठनको मूल आधार बनाइने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा प्रवास विभागका सचिव पदमराज पन्थीले विदेशमा रहेका नेपालीहरूको समस्या समाधान, श्रम अधिकारको संरक्षण तथा सम्मानजनक जीवनयापनको सुनिश्चितताका लागि पार्टी निरन्तर सक्रिय रहने बताए। उनले प्रवासी नेपालीहरूलाई राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति भन्दै उनीहरूका आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

रास्वपाका संस्थापक नेता प्रमोद न्यौपानेले प्रवासमा रहेका नेपालीहरूको राजनीतिक तथा सामाजिक जागरणलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। नेता दीपक बोगटीले संगठनलाई समुदायसँग प्रत्यक्ष जोड्दै परिणाममुखी कार्ययोजना कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष खगेन्द्र न्यौपानेले विश्वभर रहेका नेपालीहरूबीच सहकार्य, समन्वय र एकताको भावना बलियो बनाउनुपर्ने बताए। एनआरएनए मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बूले प्रवासी नेपालीका साझा मुद्दामा सबै संघ–संस्था एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

मलेसियास्थित नेपाली राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले दूतावासले मलेसियामा रहेका सम्पूर्ण नेपाली संघ–संस्थासँग सहकार्य गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाली नागरिकका समस्या समाधान, उद्धार, कानुनी परामर्श तथा दूतावासीय सेवाको पहुँच विस्तारका लागि दूतावास निरन्तर क्रियाशील रहेको जानकारी दिइन्।

अधिवेशनका निर्वाचन अधिकृत मिमलाल शर्माले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको औपचारिक घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए।

दोस्रो अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाले संगठनलाई थप गतिशील, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। विभागले आगामी कार्यकालमा मलेसियामा रहेका नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी तथा सम्पूर्ण नेपाली समुदायको हक, हित, सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि सशक्त आवाजका रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रवासी नेपालीको एकता, अधिकार र सम्मानको अभियानलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित सम्पन्न अधिवेशनले मलेसियामा रास्वपाको संगठन विस्तारलाई नयाँ गति दिएको सहभागीहरूको विश्वास छ। अधिवेशनले प्रवासी नेपाली समुदायको राजनीतिक सहभागिता, सामाजिक एकता तथा संगठनात्मक सुदृढीकरणलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ