२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीमा मै पहिलो माटो परिक्षण प्रयोगशाला स्थापना

७ आश्विन २०७३, शुक्रबार १६:०७

दान बहादुर बढा | असोज ७, मुगु | कर्णालीमा मै पहिलो चोटी माटो परिक्षण प्रयोगशालाको शुक्रबार उद्घाटन गरिएको छ ।

कृषि मन्त्रालय अन्र्तरगत माटो व्यवस्थापन निर्देशनालयमा निर्देशक दुर्गा दुवाडी र प्रमुख जिल्ला अधिकारी केशर प्रसाद शर्माले शुक्रबार संयुक्त रुपमा रिवन काटेर जिल्ला कृषि विकास कार्यालय मुगुको परिसरमा स्थापना गरिएको माटो परिक्षण प्रयोगशालाको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै निर्देशक दवाडीले नेपालका ७५ जिल्ला मध्यमा मुगुमा पहिलो माटो परिक्षण प्रयोगशाला स्थापना भएको र यो आर्थीक बर्षमा देशका ३५ जिल्लाहरुमा यस्ता प्रयोगशाला स्थापना गर्ने निर्देशनालयको लक्ष्य रहेको बताउनु भयो । मुगु विकट,दुर्गम तथा हिमाली जिल्ला भएपनि देशका अन्य जिल्ला मा भन्दा पहिलो माटोको उर्वराशक्ति परिक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने जिल्ला भएको छ ।

प्रयोगशालाको उपयोगिताको पहिला चरणमा मुगु जिल्ला भरीका २४ गाविसका २४० ठाँउको माटो नमुनाको रुपमा प्राविधिकहरुले लिने छन । यसरी नमुना लिएको माटो प्रयोगशालामा परिक्षण गरेर विष्लेषण गरिने छ र अन्तमा विष्लेषणबाट प्राप्त नतिजाको आधारमा निर्देशनालयले मुगु जिल्लाको विभिन्न ठाँउको माटोमा रहेको उर्वराशक्ति नक्साङ्कन गरि पुस्तक प्रकाशन गर्नेछ । यसरी उर्वराशक्ति नक्साङ्कन भएमा जिल्लामा कृषिसंग सम्वन्धित योजना बनाउन सजिलो हुने र कृषिका योजनामा आउने अनावश्यक दवाव पनि कम हुने उहाँले बताउनु भयो ।

जिल्लामा प्रयोगशाला स्थापना भएसंगै कृषकहरुले आफनो जग्गा जमिनको माटो कस्तो छ । कति मल राख्नु पर्छ । कुन मौषममा कुन खेती गर्दा उर्वर हुन्छ जस्ता कुराको ज्ञान सजिलै पाउने छन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केशव प्रसाद शर्माले ७५ जिल्ला मै पहिलो प्रयोगशाला स्थापना भएपनि भावी दिनहरुमा प्रयोगशाला मै सिमित नराखि यसलाई स्थायी रुपमा संचालन गरि राख्न स्थानिय स्तर मै प्रयोगशाला विज्ञ उत्पादन तिर अहिले नै लाग्नु पर्ने बताउनु भयो । हाल जिल्ला कृषि विकास अधिकृत एवं माटो विज्ञ डाक्टर चन्द्रप्रसाद रिसाल हुनहुन्छ केही समय प्रयोगशाला रामै्र चल्ला तर हामी कर्मचारी हौ जतीखेर पनि कतै सरुवा वा जागिरबाट अवबास हुन सक्छौ । त्यो समयलाई परिपुर्ती गर्न अहिले देखि नै जनशक्ति जिल्ला मै उपलब्धताका लागी लाग्न उहाँले स्थानिय राजनैतिक दल,स्थानिय निकायहरुसंग आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत डा चन्द प्रसाद रिसालले जिल्लामा स्थापना गरिएको प्रयोगशालामा सुष्म खाद्य तत्व बाहेक माटोका सबै प्रकृति परिक्षण गर्ने बताउनु भयो । जिल्लामा उपलब्ध रहेका कृषि प्राविधिकहरुलाई माटो परिक्षण सम्वन्धी सबै ज्ञान सिकाउने पनि उहाँले बाचा गर्नु भयो । 

मुगु जिल्लामा १२ हजार मेट्रीटन खाद्यन्न बार्षिक आवश्यक पर्ने भएपनि यहाँ बार्षिक ११ हजार मेटी्रटन अन्न उत्पादन हुने गरेपनि सधै खाद्यन्न अभाव हुने गरेको छ । यहाँ कुल जमिन मध्य ७ प्रतिशत भन्दा कमी जमिन खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने