४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरामा फेवा नववर्ष महोत्सव हुने

२४ चैत्र २०७९, शुक्रबार १२:२१

चैत २४, पोखरा | होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । 


उहाँले नयाँ वर्षमा पोखरा जाने पर्यटकलाई लक्षित गरी होटल बुकिङमा २० प्रतिशत छुट दिएको बताउनुभयो । “कोरोनाबाट प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पर्यटन आगमनमा असर परेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धन गरी पोखराको पर्यटनलाई चलायमान बनाउन होटल सङ्घ पोखरा लागेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र धराशयी बन्दै गएको उहाँको भनाइ छ । 

“अहिलेको पर्यटकीय यामको ९० प्रतिशत वरपर ‘अकुपेन्सी’ हुनुपर्ने हाम्रा होटलमा क्षमताको २० प्रतिशत हाराहारी मात्र पर्यटक हुनु दुर्भाग्य हो”, अध्यक्ष सुवेदीले भन्नुभयो ।

होटल सङ्घ नेपालका द्वितीय उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले नेपाल सरकारले पर्यटक भित्र्याउनका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धन लागि राज्य  र व्यवसायी एकाकार भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

होटल सङ्घ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीले नेपाली नयाँ वर्षका बारेमा विदेशीलाई चिनाउनका लागि नयाँ वर्ष पारेर महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव आयोजना हुने उहाँको भनाइ छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने होटल सङ्घ पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ