२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नमुना विद्यालय अगाडि नै फोहरको थुप्रो

२०८०, ३ बैशाख आईतवार ०८:१०

बैशाख ३, सहजपुर | सरकारले नमुना विद्यालय घोषणा गरेको कैलालीको एउटा विद्यालय अगाडि फोहरको थुप्रो लागेको छ । अत्तरिया बजार नजिकै रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अगाडि फोहरको थुप्रो फालिएकोे हो । स्थानीयवासी एवम् व्यापारीले उक्त क्षेत्रलाई फोहर फाल्ने डम्पिङ साइड बनाउँदै आएका छन् ।  

पहाडरोड बसपार्क नजिकै रहेको उक्त विद्यालयको आधारभूत तहको भवन अगाडि खाली रहेको क्षेत्रमा व्यापारी एवम् स्थानीयवासीले फोहर फाल्ने गरेकाले उक्त क्षेत्रमा फोहर थुप्रिएको हो । व्यापारी र स्थानीयबासिन्दाका साथै पहाडी जिल्लामा जाने सवारी साधनबाट आवतजावत गर्नेहरूलेसमेत सोही क्षेत्रमा फोहर फाल्ने गरेकाले विद्यार्थीलाई असर पर्न नदिन पटक–पटक आवाज उठाइए पनि सुनुवाइ हुन नसकेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताउनुभयो । उहाँले विद्यालय पछाडिका व्यापारी एवम् स्थानीयवासीले साँझको समयमा फोहर ल्याएर विद्यालय अगाडि फाल्ने गरेको जानकारी दिनुभयो । 

“त्यो गल्लीवालाले विद्यालयलाई दिएको उपहार हो” व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “जानाजान साँझको समयमा पोलिथिनमा फोहर ल्याई त्यहाँ फालेर हिँड्छन्, भनेको सुन्दैनन् ।” फोहर नफाल्न सबैलाई चिठ्ठीसमेत लेखिए पनि कसैले मतलब नगरेककाले स्थानीयवासीका घरमै फाल्न अल्टिमेटम पनि दिइसकिएको प्रधानाध्यापक जोशीको भनाइ थियो  ।

विद्यालय अगाडि नै फोहर थुप्रिएको एक हप्ताभन्दा बढी भइसक्दासमेत उठाइएको छैन । नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि ठेक्का प्रक्रियामार्फत निजी संस्थालाई जिम्मेवारी दिएकामा उक्त संस्थाले केही रकम लिएर नगरको फोहार उठाउँदै आएको तर विद्यालय अगाडिको फोहर उठाउन भने आनाकानी गरेको उहाँको गुनासो थियो । फोहर उठाउने संस्थाका प्रतिनिधिसँग छलफल गरी आवश्यक रकम दिन्छौँ फोहर उठाउनुप¥यो भनेर अनुरोध गर्दा सरकारी विद्यालयबाट पैसा नलिने निर्णय भएको र नगरपालिकासित कडायत टोल जाने बाटोसम्म मात्रै सम्झौता भएको छ भन्दै फोहर उठाउने काम गरेन । 

प्रधानाध्यापक जोशीले विद्यालयले प्रत्येक हप्तामा विद्यार्थीसँगै विद्यालय हातामा  सरसफाइ गर्ने गरिएकामा केही समय परीक्षाका कारण ढिलाइ भएको थियोे । उहाँले स्थानीय र व्यापारीले फालेको फोहर विद्यार्थीले उठाउनु परिरहेको छ भन्दै दुःखेसो पोख्नुभयो । प्रायःजसो ठूला सहरमा कालो प्लास्टिक निषेध गरिएको छ । उक्त प्लास्टिक जलाउँदा हानिकारक ग्यास उत्पन्न हुने भएकाले कालो प्लास्टिक प्रायःजसो ठाउँमा निषेध गरिए पनि यहाँ भने प्राय कालो प्लास्टिकमै फोहर फालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण