२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

२०८०, ४ बैशाख सोमबार ०९:२६

बैशाख ४, रुपन्देही | रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । प्रहरीले एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले विज्ञप्तिमा जनाउनुभएको छ ।    अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको सरकारी छापसमेत प्रयोग गरी झुटो भ्रामक विवरण प्रेषित गरेको पाइएको प्रनाउ अर्यालले जानकारी दिनुभयो । निजलाई रुपन्देही जिल्ला अदालतबाट सरकारी छाप कीर्ते मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण