३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

एसियाली मुलुकहरुबाट वैदेशिक रोजगारमा जान कुन देशबाट कति लागत तिर्नुपर्ने नियम छ ?

१९ बैशाख २०८०, मंगलवार ०४:२०

वैशाख १९, काठमाडौँ । बैदेशिक रोजगारमा कामदार पठाउने भारत, वांगलादेश, श्रीलंका, पाकिस्तान लगायत एसियाली मुलुकहरुको आ-आफ्नै नियम छ । नेपालले वैदेशिक रोजगारमा जान फ्री भिसा फ्री टिकटको नियम लागु गरेपनि कार्यान्वयन पक्ष नाकाम छ । 

वैदेशिक रोजगार क्षेत्रमा लागतबारे प्रश्न उठ्दै गर्दा नेपालका वैदेशिक रोजगार व्यवसायीहरुले बिदेशका अभ्यासलाई मध्येनजर गर्दै नेपालले फ्री भिसा फ्री टिकटको नीति परिवर्तन गरेर एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउनुपर्ने नियम ल्याउन माग गर्दै आएका छन् । उनिहरुको माग अनुसार नीति ल्याउने हो भने वैदेशिक रोजगारमा जाने नेपालीहरुले आफ्नो तलब जति छ त्यसै अनुसारको रकम सेवा शुल्क बापत म्यानपावरलाई तिरेर विदेश जान पाउनेछन् । 


यहाँ बैदेशिक रोजगारमा कामदार पठाए वापत लिन पाउने सेवा सुविधाबारे एसियाली मुलुकहरुको अभ्यास के छ थाहा पाउनुहोस्: 

नेपाल:

क) दक्षिण कोरिया प्रति कामदार: ९९८ अमेरिकी डलर (करिब एक लाख २० हजार ४२८ नेपाली रुपयाँ, हवाई टिकट लगाएतका शिर्षकमा कामदारले तिर्ने गरेको)

ख) ईजरायल प्रति कामदार करिबः एक लाख २५ हजार (हवाई टिकट कामदार आफैले काट्न पर्ने हुँदा मूल्य अनुसार बढी पनि लाग्न सक्ने) 

ग) खाडीका ६ राष्ट्र (बढीमा १० हजार लिन पाउने), मलेसिया (निशुल्क) 

भारतः 

सन १९८४ मा सेवा शुल्क बापत ४५ दिनको तलव बराबरको रकम वा बढीमा नेपाली ३२ हजार रुपयाँ मध्ये जुन कम हुन आउँछ सोही रकम लिने गरेको । २०१७ मा थप भारतीय रुपया १० हजार (नेपाली १६ हजार रुपयाँ) गरि ४८ हजार नेपाली रुपयाँ र २०२१ मा पुन: थप नेपाली रुपयाँ ८ हजार समेत जम्मा गरि नेपाली रुपया ५६ हजार म्यानपावरले लिन पाउने व्यवस्था रहेको र साथै टिकट कामदार आफैले काटेर जाने व्यवस्था समेत रहेको छ ।

श्रीलंका: 

नेपाली रुपयाँ ६ हजार २३०/- मा १३ प्रतिशत भ्याट । त्यसमा अर्को २ प्रतिशत कर जोडेर हुन आउने रकमको ७० प्रतिशत रकम सेवा शुल्क बापत लिन पाउने र प्रशाशनिक खर्च बापत थप तीनसय अमेरिकी डलर स्थानीय म्यानपावरलाई तिर्ने गरेको ।

बंगलादेशः 

सेवा शुल्क र टिकट बापत बढिमा ८७ हजार टाका (एक लाख ७ हजार नेपाली रुपयाँ)  म्यानपावरलाई तिर्ने गरेको । 

पाकिस्तानः 

सेवा शुल्क, भिषा र टिकट लगाएतका अन्य खर्च कामदार स्वंयमले खर्च गरी करिब ४ महिना बराबरको तलब त्यहाँको स्थानिय म्यानपावरजरुलाई तिर्ने गरेको ।

फिलिपिन्सः 

एक महिनाको तलब बराबरको रकम कामदारले त्यहाँका स्थानीय म्यानपावर कम्पनीहरुलाई तिर्ने गरेको । भिषा शुल्क, दुई तर्फी हवाई टिकट रोजगारदाता कम्पनीले दिने व्यवस्था गरेको । कामदारले प्राबिधिक सिक्षा तथा सिप बिकास प्राधिकरणको मुल्याङ्कन तालिम पास गर्न र Overseas workers Welfare Administration को सदस्यता शुल्क बापत जम्मा ३७० देखि १३०० डलरसम्म छुट्टै रकम खर्च गर्नुपर्ने हुन्छ । डकुमेन्ट प्रोसेसिङ शुल्क थप १०० अमेरिकी डलरसम्म स्थानीय म्यानपावरलाई तिर्ने गरेको छ ।

भियतनाम:

१ महिनाको तलब बराबरको रकम स्थानीय म्यानपावरले सेवा शुल्क बापत लिने गरेको ।

ईन्डोनेसिया: 

भिषा शुल्क र हवाई टिकट गरि म्यानपवार कम्पनीले कामदार पठाउदाँ १,३०० अमेरिकी डलर लिने गरेको ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली