असोज १०, लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जना"/>

2026-10-23 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा स्थानीय तह पुनःसंरचनाको विरोधमा आन्दोलन सुरु


असोज १०, लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । 

राइनास नगरपालिकाका नागरिकले आइतबार सदरमुकाम बेसीसहरमा प्रदर्शनसमेत गरेका छन् । नगरपालिकालाई गाउँपालिकामा घटुवा गरिएको भन्दै उनीहरुले सदरमुकाममा विरोध ¥याली निकालेका थिए । 

नगरपालिकालाई गाउँपालिका बनाएर विकासको गति रोक्ने षडयन्त्र भएको उनीहरुको आरोप छ । जिल्लाबाट पठाइएको तीनवटै प्रस्तावमध्ये राइनासलाई एउटामा पनि नगरपालिका नराखिएकाले आन्दोलन गर्नु परेको स्थानीयवासीले बताए । राइनास सेवा समाजको सक्रियतामा आन्दोलन सुरु भएको हो । 

आन्दोलित स्थानीयवासीले जिल्लास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रमासमेत ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आफूहरुको मागलाई बेवास्ता गरेमा आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । यता पूर्वीभेगका विचौर, इलिमपोखरी र दूधपोखरीका वासिन्दाले पनि गाउँपालिकाको केन्द्र एक दिनको बाटो टाढा गरेको भन्दै असन्तुष्टी जनाएका छन् । 

यसैगरी जिल्लाको उत्तरी भागमा पर्ने प्रस्तावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासी पनि आन्दोलनको तयारीमा छन् । उक्त गाउँपालिकामा साबिकको घनपोखरा टुक्राएको र केन्द्र खुदी नपारिएको भन्दै विरोध गरेका छन् । 

प्राविधिक समितिको प्रस्ताव सार्वजनिक भएलगत्तै सङ्गठित भई उनीहरुले राज्य पुनः संरचना आयोग र स्थानीय विकास मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएका छन् । आफ्नो मागको सुनुवाइ नभए विरोधस्वरुप अनशन बस्ने, जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्ता चेतावनी दिएका छन् । 

त्यस्तै पश्चिम लमजुङका बासिन्दाले पनि प्राविधिक समितिको प्रस्तावलाई स्वीकार गरेका छै्रनन् । भोजे, पसगाउँ र गिलुङका बासिन्दाले अपायक स्थानमा केन्द्र निर्धारण गरेको भन्दै पुनः विचार गर्न माग गरेका छन् । माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी दिएका छन् । 

त्यसैगरी साबिकको चिती गाविसलाई पनि टुक्राएको भन्दै त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । चितीको अधिकांश भाग बेसीसहर नगरपालिकामा गाभिएको छ भने दुई गाउँलाई नौथरमा गाभिएको छ । उनीहरुले पूरै गाविस बेसीसहरमा मिलाउनुपर्ने वा चितीमा केन्द्र कायम गरी नौथरमा मिलाउनुपर्ने माग गरेका छन् । उनीहरुले प्रस्तावको विरोध गर्दै आन्दोलन गर्ने र सदरमुकाम बेसीसहरमा नाकाबन्दी गर्ने पनि चेतावनी दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने