२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घाँस बटुल्न सघाउछु भन्दै ओढारमा लगेर बलात्कार

२०८०, २२ बैशाख शुक्रबार ०६:१७

बैशाख २२, खोटाङ | खोटाङमा गोठालो गएकी युवती बलात्कृत भएकी छन् । बाख्रा गोठालो गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षकी युवती बलात्कृत भएकी हुन् । युवतीलाई बाख्रा चराउन गएका २९ वर्षीय प्रतापजङ राईले जोरअंगेरी जंगलमा बैसाख १८ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका अभियुक्तले युवतीलाई पात्लेको घाँस झार्ने र बटुल्न सहयोग गर्न भन्दै पात्लेको फेदमा लगेर करणी गरेको आफन्तले बताएका छन् । फुत्किन खोज्दा अभियुक्तले कपालमा समातेर तान्दै ओढारमा लगेर जवरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ । प्रतिकारका क्रममा घाइते अशक्त बनाएर करणी गरेको र निरन्तर रोईकराई गरेर चिच्याएपछि ‘धेरै कराइस, तँलाई मारिदिन्छु’ भन्दै दुबै हातले घाँटी थिचिरहेको अवस्थामा स्थानीय एक महिला घटनास्थल पुगेपछि अभियुक्त भागेको युवतीका परिवारले बताएका छन् ।

करणीका क्रममा निस्किएको चिच्याहट सुनेर स्थानीय महिला घटनास्थल पुगेको बताइएको छ ।

मरणासन्न अवस्थामा पुगेकी युवतीलाई तिनै महिलाले बोकेर खेतमा पु¥याए परिवारलाई खबर गरेको जाहेरीमा भनिएको छ । युवतीलाई सोधपुछ गर्दा घटनाका विषयमा विस्तृत जानकारी भएको आफन्तले बताएका छन् । घटना लगत्तै जिल्ला अस्पताल लगिएकी युवतीलाई रेफर गरेपछि थप उपचारका लागि धरान लगिएको छ । जवरजस्ती करणी गरेर ज्यान मार्ने प्रयास गरेका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आफन्तले बैसाख १८ गते जिल्ला प्रहरी कार्याल खोटाङमा जाहेरी दिएका छन् । घटना लगत्तै आरोपित फरार भएकाछन् । घटनाको विषयमा अनुसन्धान सँगै फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस