बैशाख २२, काठमाडौँ | बंगलादेशको राजधानी ढाकाबाट शुक्रवार काठमाडौं आइरहेको विमान बंगलादेशको एक विमानले भारतको पटनामा आकस्मिक अवतरण गरेको छ ।
प्राविधिक खराबीका कारण विमान जयप्रकाश नारायण अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउनुपरेको बताइएको छ ।
बीबीसी ३७१ उडान नम्बर भएको विमानका पाइलटले प्राविधिक गडबडीको सूचना दिएको पटना विमानस्थलका वरिष्ठ अधिकारीले भारतीय समाचार संस्था पीटीआईलाई बताए ।
विमानमा रहेका सबै ७७ यात्रु सुरक्षित रहेको जानकारी उनले दिए ।
‘इन्जिनीयरहरूले विमानको जाँचबुझ गरिरहेका छन्,’ उनले थपे, ‘इन्जिनीयर र पाइलटले अनुमति दिएपछि मात्र विमान उडाइनेछ ।’
दैनिक भास्कर पत्रिकाले चाहिँ चार घन्टा पटनामा रोकिएपछि विमान काठमाडौंतिर गएको खबर दिएको छ ।