2026-07-09 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सामूदायिक बन उपभोक्ता महासंघद्धारा हरियो बन कार्यक्रमको अनुगमन

साउन २१, मकवानपुर । सामूदायिक बन उपभोक्ता महासंघ
मकवानपुरद्वारा सञ्चालित हरियो बन कार्यक्रमको बुधबार अनुगमन गरिएको छ । बिगत दुई बर्षदेखि सञ्चालित
कार्यक्रमको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् । मकवानपुरको मनहरी–१, लोथर, मनहरी–३, रमन्टार र
हेटौँडा १ र २ मा सञ्चालित हरियो बन कार्यक्रमको अनुगमन गरिएको थियो । कार्यक्रम जिल्ला बन कार्यालय
मकवानपुरका जिल्ला बन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा समूहका अध्यक्ष निरशंकर
लामाको अध्यक्षतामा भएको थियो ।

अध्यक्ष लामाले कार्यक्रमबाटै हरियो बन कृषि सहकारी संस्था गठन तथा परिचालन, जलवायु परिवर्तन
अनुकुलन कार्ययोजना (कापा) बनाई कार्यान्वयन शुरु, सिकाई केन्द्र सञ्चालन लगाएका कार्य भएको जानकारी
दिनुभयो । उहाँले हरियो बन कार्यक्रम सञ्चालन भएपछि महिलाहरुको सहभागिता र आर्थिक अबस्था बृद्धी भएको
बताउँनुभयो ।

त्यस्तै,
अनुगमन टोलीले मनहरीमै खानेपानीका लागि बोरिङ्ग, बंगुरपालन, तारजाली बाँधको समेत अनुगमन गरिएको थियो ।
मनहरी–३, रमन्टारमा लालिगुराँस सिकाई केन्द्रद्वारा सात सय बिरुवा बृक्षारोपण तथा संरक्षणकोपनि अवलोकन
गरिएको थियो । अनुगमनकै क्रममा हेटौँडा १ र २ कार्यक्षेत्र रहेको सुन्दर सामूदायिक बन उपभोक्ता
समूहद्वारा सञ्चालित क्रियाकलापकोपनि जानकारी लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो