२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि डाक्टरलाई अदालतले सुनायो यस्तो आदेश

२०८०, ७ जेष्ठ आईतवार ०८:२१

जेठ ७, काठमाडौँ | स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि कोलम्बियाका एक डाक्टरलाई अदालतले कारबाही स्वरूप एउटा आदेश सुनाएको छ । अदालतको आदेश अनुसार ती डाक्टरले बच्चा १८ वर्षको हुञ्जेलसम्म आर्थिक सहयोग गर्नुपर्ने हुन्छ ।

कोलम्बियाको मेडेलिनका डाक्टर डिएगो नरान्जोले आफूले उपचार गराएको एक जोडीको सन्तान हुर्काउन लाखौँको आर्थिक सहयोग गर्न आदेश पाएका हुन् । उनले उक्त जोडीलाई आफूले गराएको स्थायी बन्ध्याकरण सफल हुने र अन्य गर्भ निरोधकको आवश्यकता नपर्ने विश्वास दिलाएका थिए । यद्यपि, ती व्यक्तिकी श्रीमतीको अनिच्छुक गर्भ रह्यो र बच्चा जन्माउन उनीहरू बाध्य भए । परीक्षणपश्चात् उनको स्थायी बन्ध्याकरण सफल नभएको पाइएपछि ती दम्पतीले डाक्टरविरुद्ध मुद्दा हाले । डाक्टरको गल्तीले आर्थिक र मानसिक समस्या दिएको उनीहरुले बताए । अब न्यायाधिसले बच्चा १८ वर्ष नपुगेसम्म ती डाक्टरले आर्थिक सहयोग गर्नुपर्ने आदेश दिएका छन् ।


‘यी दम्पतीलाई अन्य गर्भ निरोधक प्रयोग गर्नु पर्दैन भनेर विश्वास दिलाइएको थियो,’ अदालतको फैसलामा भनिएको छ । ‘ दम्पतीलाई थप सन्तानको चाहना थिएन । यसले उनीहरूको जीवनलाई प्रभावित पारेको छ विशेष गरी पिताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै निर्णय लिइएको छ । बच्चाका पिताको स्वास्थ्यमा समस्या छ, त्यस कारण उनले कमाउन सक्दैनन् ।’

बच्चाका पिताको श्रवण शक्ति अत्यन्त न्यून छ जसका कारण उनी जागिर खान सक्दैनन् । उनलाई बारम्बार रिँगटा लाग्ने र बान्ता हुन्छ । राम्रोसँग सुन्न ‘हियरिङ एड’ को सहारा चाहिन्छ । यस्तो अवस्थाले उनको कमाउने बाटो रोकिएको छ । 

अदालतको आदेश अनुसार डा. नारान्जोले उक्त परिवारलाई मानसिक क्षतिका लागि २०,३०० डलर (२६ लाख रुपैयाँ), कानुनी उपचारका लागि १३,२०० डलर (१७ लाख रुपैयाँ), बच्चालाई सहयोग स्वरूप ३१,५०० डलर (४१ लाख रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

अचम्मको कुरा के छ भने, स्थायी बन्ध्याकरण सन् २०१२ मा गरिएको थियो । उनीहरूकी छोरी त्यसको अर्को वर्ष जन्मिइन् । अहिले उनी १० वर्षकी भइन् त्यसैले डाक्टरले अब ८ वर्षसम्म मात्रै आर्थिक सहयोग गर्नुपर्नेछ । यो दम्पतीले कानुनी उपचारका लागि किन यति समय लगाए भन्ने स्पष्ट जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना