२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि डाक्टरलाई अदालतले सुनायो यस्तो आदेश

७ जेष्ठ २०८०, आईतवार ०८:२१

जेठ ७, काठमाडौँ | स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि कोलम्बियाका एक डाक्टरलाई अदालतले कारबाही स्वरूप एउटा आदेश सुनाएको छ । अदालतको आदेश अनुसार ती डाक्टरले बच्चा १८ वर्षको हुञ्जेलसम्म आर्थिक सहयोग गर्नुपर्ने हुन्छ ।

कोलम्बियाको मेडेलिनका डाक्टर डिएगो नरान्जोले आफूले उपचार गराएको एक जोडीको सन्तान हुर्काउन लाखौँको आर्थिक सहयोग गर्न आदेश पाएका हुन् । उनले उक्त जोडीलाई आफूले गराएको स्थायी बन्ध्याकरण सफल हुने र अन्य गर्भ निरोधकको आवश्यकता नपर्ने विश्वास दिलाएका थिए । यद्यपि, ती व्यक्तिकी श्रीमतीको अनिच्छुक गर्भ रह्यो र बच्चा जन्माउन उनीहरू बाध्य भए । परीक्षणपश्चात् उनको स्थायी बन्ध्याकरण सफल नभएको पाइएपछि ती दम्पतीले डाक्टरविरुद्ध मुद्दा हाले । डाक्टरको गल्तीले आर्थिक र मानसिक समस्या दिएको उनीहरुले बताए । अब न्यायाधिसले बच्चा १८ वर्ष नपुगेसम्म ती डाक्टरले आर्थिक सहयोग गर्नुपर्ने आदेश दिएका छन् ।


‘यी दम्पतीलाई अन्य गर्भ निरोधक प्रयोग गर्नु पर्दैन भनेर विश्वास दिलाइएको थियो,’ अदालतको फैसलामा भनिएको छ । ‘ दम्पतीलाई थप सन्तानको चाहना थिएन । यसले उनीहरूको जीवनलाई प्रभावित पारेको छ विशेष गरी पिताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै निर्णय लिइएको छ । बच्चाका पिताको स्वास्थ्यमा समस्या छ, त्यस कारण उनले कमाउन सक्दैनन् ।’

बच्चाका पिताको श्रवण शक्ति अत्यन्त न्यून छ जसका कारण उनी जागिर खान सक्दैनन् । उनलाई बारम्बार रिँगटा लाग्ने र बान्ता हुन्छ । राम्रोसँग सुन्न ‘हियरिङ एड’ को सहारा चाहिन्छ । यस्तो अवस्थाले उनको कमाउने बाटो रोकिएको छ । 

अदालतको आदेश अनुसार डा. नारान्जोले उक्त परिवारलाई मानसिक क्षतिका लागि २०,३०० डलर (२६ लाख रुपैयाँ), कानुनी उपचारका लागि १३,२०० डलर (१७ लाख रुपैयाँ), बच्चालाई सहयोग स्वरूप ३१,५०० डलर (४१ लाख रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

अचम्मको कुरा के छ भने, स्थायी बन्ध्याकरण सन् २०१२ मा गरिएको थियो । उनीहरूकी छोरी त्यसको अर्को वर्ष जन्मिइन् । अहिले उनी १० वर्षकी भइन् त्यसैले डाक्टरले अब ८ वर्षसम्म मात्रै आर्थिक सहयोग गर्नुपर्नेछ । यो दम्पतीले कानुनी उपचारका लागि किन यति समय लगाए भन्ने स्पष्ट जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु