2026-10-29 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

असोज ११, इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ । 

विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा गर्ने तय गरेका छन् । 

साइकल यात्रामा शाहसहित इलाम बाँझोका आकाश लिम्बू, विकास लिम्बू, महमाइका सुमन लिङ्देन, सुनसरीका कृष्ण केसी, सदिउर घले र विनु राई तथा बाराका सुजन चौधरी सहभागी छन् । 

विकासका पूर्वाधार बनिनसकेका पहाडी क्षेत्रमा साइक्लिङको राम्रो सम्भावना भएकाले प्रचारका लागि साइकल यात्रामा निस्किएको पुष्कर शाहले बताउनुभयो । ‘पहाडी क्षेत्रमा रहेका पर्यटकीय ठाउँमा पक्की सडक बनिसकेका छैनन्, त्यस्ता ठाउँमा साइकलबाट सजिलै पुग्न सकिन्छ भन्ने सन्देश दिन सकियोस् भन्ने यात्राको उद्देश्य हो,’ उहाँले भन्नुभयो । 

साइकलयात्रीलाई कन्याममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र इलाम पर्यटन सरोकार समितिले स्वागत गरेका थिए । यात्राको सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गर्नुभयो । साइकलयात्री सोमबार कन्याम, फिक्कलको बरबोटे, नयाँबजार हुँदै जमुना पुगेका छन् । 

आज जमुनाबाट माबु, पर्यटकीयस्थल माइपोखरी हुँदै सदरमुकाममा हुने पर्यटन दिवसको औपचारिक कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यसपछि पाँचथर हुँदै धनकुटा पुग्ने आकाशले बताउनुभयो । 

विश्व साइकलयात्री सहभागी यात्रालाई पर्यटनसँग सम्बन्धित संस्थाले विभिन्न ठाउँमा स्वागत गर्ने भएका छन् । ‘साइक्लिङ धरान’को व्यवस्थापनमा सुरू भएको यात्राले पर्यटकीय क्षेत्रका प्रचारमा मद्दत पुग्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष केशव द्यौरालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि