2026-10-29 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ

2026-10-29

काठमाडौँ | नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैंको फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए । उनी प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत ल्याएका थिए । महाधिवेशनबाट २३१ जना निर्वाचित भएका थिए । बिहीबार भएको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी र केन्द्रस्य सदस्यहरूलाई आन्तरिक रुपमै पछि शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनले सानेपामा आयोजित सपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले जुममार्फत भाग लिने जानकारी निर्वाचन समितिलाई गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि