2026-09-08 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईमा कार्यरत एक नेपाली युवकले जिते १० लाख दिरामको चिठ्ठा

जेठ ९, काठमाडौं | यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।

अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले उक्त चिठ्ठा जितेका हुन् ।

उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेशनल न्युज डटकमले जनाएको छ ।

शनिबारको लक्की ड्र घोषणा हुने बेला उनी काममा थिए । आफू विजेता बनेको जानकारी उनले सोमबारमात्र पाएका थिए ।

अविश्वसनीय रुपमा भाग्यशाली चिठ्ठा जितेपछि उनले भविष्यको योजना बनाइरहेको समाचारमा उल्लेख छ ।

उसले जितेको पैसा आफ्नो परिवारको जीवन सुधार्नमा खर्च गर्ने योजना बनाएको छन् |

उनले भने ‘म सधैं मेरो परिवारको भविष्यप्रति चिन्तित हुन्छु,’  ‘मेरो जीवन नै परिवर्तन गराइदिने यो जितप्रति महजुजप्रति आभारी छु ।’ नेपालमा रहेकी आफ्नी आमाको लागि घर किन्ने र छोराको शिक्षामा खर्च गर्ने उनको योजना छ ।

उनको बारे थप विवरण सार्वजनिक गरिएको छैन तर महजुजले आफू करोडपति बन्ने नेपालबाट तेस्रो सहभागी र महजुजले बनाएको ४३औँ करोडपति भएको बताए।

महजुजको लक्की ड्र हरेक शनिबार हुन्छ । सहभागीहरुले महजुजको ३५ दिराम पर्ने पानीको बोतल किनेर चिठ्ठामा सहभागी हुन पाउँछन् । यसबाट हरेक हप्ता (१० लाख -१ मिलियन) दिराम बराबरको चिठ्ठा घोषणा हुन्छ । यो चिठ्ठाको उच्चतम राशी भने २० लाख दिरामको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम