असोज ११, लमजुङ । बिभिन्न सामाजिक सेवामा कृयाशिल संस्था भिएसओले लमजुङका बिभिन्न बिद्यालयहरुमा गएर बालबालिकालाई व्यवहारिक शिक्षाको साथमा अन्र्तनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ११, लमजुङ । बिभिन्न सामाजिक सेवामा कृयाशिल संस्था भिएसओले लमजुङका बिभिन्न बिद्यालयहरुमा गएर बालबालिकालाई व्यवहारिक शिक्षाको साथमा अन्र्तनि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

अतिरिक्त कृयाकलापमा भिएसओको जोड, लावान्भित बन्दै लमजुङका बालबालिका

११ आश्विन २०७३, मंगलवार ०८:५७


असोज ११, लमजुङ । बिभिन्न सामाजिक सेवामा कृयाशिल संस्था भिएसओले लमजुङका बिभिन्न बिद्यालयहरुमा गएर बालबालिकालाई व्यवहारिक शिक्षाको साथमा अन्र्तनिहित प्रतिभाहरुलाई प्रस्फुटन गराउने किसिमका कार्यक्रहरु संचालन गरेको छ । 

भोलेन्टीएर सर्भिस ओर्भसिज नामक उक्त संस्थाबाट नेपालमा लगभग पचाँस बर्ष अगाडी देखि बिभिन्न किसिमका सामाजिक कृयाकलापका लागि बेलायतबाट युवा भोलेन्टिएर हरु नेपालमा आई काम गरिरहेका छन् । 

त्यस्तै लमजुङ जिल्लामा पनि एक २०१२ देखि यो संस्था सकृय देखिएको छ । यसपटक १० औ व्याचका भोलेन्टिएर टिम लमज’ड।मा खटिएका थिए । 

लमजुङका समाजसेवी तथा सफल व्यक्तित्व कृष्ण ओलियाको नेतृत्वमा खटिएको उक्त भोलेन्टीएर टिमले बालबालिका तथा महिलाका स्वास्थ्यको बिषयमा राम्रो ट्रिट दिएर फर्किएका छन् । तिन महिनाको लमजुङ बसाईको क्रममा भिएसओले ज्ञानोदय उमावि साहिलीटार,सौभाग्यदय उमावि अल्कटार ,शिशु बिद्याश्राम तिनपिप्ले र शैलिपुत्री उमावि धमिलिकुवामा योगा प्रशिक्षण तथा मेमोरी क्लास  लिएको थियो । 

त्यति मात्र नभई धमिलीकुवा देखि भलायखर्क सम्मका महिला दिदि बहिनीहरुका लागि पाठेघरको स्वास्थ सम्बन्धि जनचेतना मुलक कार्यक्रको आयोजना गरेको थियो ।

तिन महिना सम्म पुर्वि लमजुड।मा खटिएका भिसओ का भोलेन्टीएर हरुले कार्यक्रमको अन्ततिर आईपुग्दा धमिलीकुवा गरमबेशीको सारदा माविमा रिडिङ फेएर कार्यक्रमका साथमा सास्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । 

उक्त कार्यक्रममा सोहि बिद्यालयका बालबालिकाहरुले आ आफ्नो प्रतिभा देखाउने मौका समेत पाए । कविता तथा कथा लेखनमा प्रतियोगिता गराएर भिसओले बिद्यार्थी भित्र रहेको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि सहयोग गरेको भन्दै बिद्यालय व्यवस्थापनका अध्यक्ष कृष्णमान श्रेष्ठले भिएसओलाई बधाई दिए । 

साथै भिएस ओलाई आफ्नो आगँनमा ल्याएर बाल बच्चालाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि सहयोग पु¥यानुभएको भन्दै भिएसओको नेतृत्व गरेर आउने समाजसेवी कृष्ण ओलियाको पनि खेलेर प्रशंसा गरे । 

उक्त रिडिड। फेएर कार्यक्रममा लमजुड।का जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल,सामुदायिक पुस्तकालयका अध्यक्ष गणेश प्रसाद न्यौपाने तथा शिक्षा बिद् तथा साहित्यकार पशुपति पौड्यालको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह