असोज ११, बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।&nbs"/>
2026-06-19 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बझाङमा काँक्राको मूल्य वृद्धि, मासुको घट्दै

2016-09-27

असोज ११, बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । 

काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्नुभएको छ । “घरमा कमाइ गर्ने कोही छैन छोराछोरी साना छन्, श्रीमान् पनि छैनन् । दसैँको समयमा काँक्रा बेचेको पैसाले लुगाफाटो किन्ने सोच छ,” उहाँले भन्नुभयो । 

काँक्रा बिक्री गरेर जय पृथ्वी नगरपालिका–७ को लाहुरे ओलीले रु २५ आम्दानी गर्नुभएको छ । उहाँले रु ६० देखि रु ८० मा प्रतिकिलो काँक्रा बिक्री गरिरहनुभएको छ । सोह्रश्राद्धको समय भएकाले अहिले बजारमा काँक्राको माग अत्यधिक छ । हिन्दू संस्कारअनुसार सोह्रश्राद्ध सुरु भएपछि पितृको पूजा गर्न काँक्रा राख्ने र काँक्राको तरकारी (राइतो) बनाई खाने चलन छ । 

सदरमुकाम चैनपुरमा दैनिक १० देखि १५ वटा खसी काट्दै आएको वीरबहादुर जाग्री अहिले दैनिक एउटा मात्र खसी काट्ने गरेको बताउनुहुन्छ । अहिले बजारमा खसीको मासुको मूल्य रु ५० ले घटेको छ । खसीको मासु रु ४०० मा बिक्री भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ