२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिहेको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले गरे प्रेमिकासहित काकाको हत्या

१८ जेष्ठ २०८०, बिहीबार ०६:४८

जेठ १८, काठमाडौँ | आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेर आलटाल गरेको झोँकमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए । बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् ।

अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई शरीरका विभिन्न ठाउमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो । चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो।

मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन् । दुवैबीच यही विषयमा विवाद बढेपछि अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन्।सोही विषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगेर बदला लिएको प्रारम्भिक अवस्थामा भेटिएको घलेले नेपाल प्रेसलाई बताए ।

बिहान ८ बजेतिर मोहन अन्जनीको घरमा पुगेको र चक्कु प्रहार गरेर उनलाई घाइते बनाएपछि जोगाउन पुगेका काकालाई पनि प्रहार गरेका थिए, स्थानीयले मोहनलाई घेरेर प्रहरीलाई खबर गरेपछि इप्रका कोपवाको प्रहरी टोली पुगेर नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ