५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टेकु अस्पतालको क्वार्टरमा झुण्डिएको अवस्थामा नर्सका पति मृत फेला

२०८०, २४ जेष्ठ बुधबार ११:४२

जेठ २४, काठमाडौँ | शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुस्थित नर्सिङ क्वार्टरमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान् दधीराम भण्डारी पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले  जानकारी दिए । उनका अनुसार भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् । उनी सधैँ अफिस जाँदा आउँदा श्रीमतीसँगै जानेआउने गर्थे ।

आज अस्पतालमा श्रीमतीलाई पुर्‍याएर उनी केहीबेर रेस्ट गर्छु भनी नर्सिङ क्वार्टरको कोठामा गएको बताइएको छ । पछि खाजा खान श्रीमतीले ३ बजेतिर फोन गर्दा नउठेपछि गएर हेर्दा मृत अवस्थामा भेटिएको अस्पताल स्रोतले बतायो ।

दुईजना लामो समयदेखि क्वार्टरमै बस्थे । नयाँ भवन बनाउन क्वार्टर भत्काइने भएपछि अरुले झैँ उनीहरू त्यहाँबाट सरेर डेरामा बस्दै आएका थिए ।

घटनास्थलमा प्रहरी सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपारेको प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस