४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनकपुरधाममा ‘विमर्श’ सुरु

२७ जेष्ठ २०८०, शनिबार १२:०३

जेठ २७, जनकपुरधाम | मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम सुरु भएको छ । आज जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा प्रदेश प्रमुख मिश्रले कार्यक्रमले मैथिली भाषा, साहित्यको प्रचार–प्रसार गर्न उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा दोस्रो र नेपाल–भारतमा करोडौँ नागरिकले बोल्ने मैथिली भाषाको माध्यमद्वारा जनकपुर, यस क्षेत्रको वैद्धिक परम्परा, कला, सभ्यता र संस्कृतिको उन्नयनमा योगदान पुग्ने भन्दै प्रदेश प्रमुख मिश्रले आयोजक विमर्श फाउण्डेशनलाई विशेष धन्यवाद दिनुभयो ।

भोलिसम्म चल्ने कार्यक्रममा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायत विभिन्न शीर्षकमाथि यस क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले विचार–विमर्श गर्ने कार्ययोजना रहेको आयोजक विमर्श फाउण्डेशनका अध्यक्ष बिभा झाले जानकारी दिनुभयो ।

कार्यक्रमको पूर्वसन्ध्यामा जनकपुरधामको दशरथ तलाउ परिसरमा हिजो शुक्रबार कवि सम्मेलन र सांस्कृतिक सन्ध्यासमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ